April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको एक दिने कार्यक्रम सम्पन्न

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको एक दिने कार्यक्रम सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंगल्याण्डले गत शनिवार १४ जनवरी २०२२ का दिन एनआरएनए यूकेको कार्याालय अल्डरसटमा बैठकसँगै विभिन्न कार्यहरु सम्पन्न गरेको छ ।

बैठकमा ३१ जना सल्लाहकारको नियुक्ति र प्रमाण पत्र वितरण समेत गरिएएको छ । सल्लाहकारहरुमा दीपेन्द्र सिटौला, कमल खरेल र अजय पुन रहेका छन् । उनीहरुलाई एनआरएनए यूकेका प्रमुख संरक्षक शेर बहादुर सुनारले सपथ ग्रहण गराएर प्रमाण वितरण गरेका थिए ।

Advertisement

राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्षलाल बहादुर गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर प्रमुख अतिथि रहेका थिए । एनआरएनए ग्लोबलका उपाध्यक्ष पदका प्रत्यासी थर्क सेन अतिथि थिए । कार्यक्रमको सञ्चालन सहसचिव अन्जु कुँवरले गरेकी थिइन् । सचिव राम प्रसाथ पन्थीले स्वागत मन्तव्य दिएका थिए । उनले उपस्थित सबैमा राज्य समन्वय परिषद इंगल्याण्डले आयोजना गरिरहेको रनफेष्ट कार्यक्रमलाई सफल पार्न आव्हान गरेका थिए ।

एनआरएनए राज्य समन्वय परिषद इंगल्याण्ड सहसचिव अन्जु कुँवर ।

प्रमुख अतिथि प्रेम गाहा मगरले राज्य समन्वय परिषद इंगल्याण्डले गर्ने हरेक गतिविधिहरु एनआरएनएको मूल अभियान अन्तरगत पर्ने भन्दै एनसीसीको पूर्णतया साथ रहने र सहयोग गर्ने भन्दै काउण्टी काउन्सिल पनि समयमै गठन गर्नु पर्नेमा जोड दिए । विशेष अतिथि शेर बहादुर सुनारले कार्यसमितिमा प्रवेश गर्ने नयाँ सदस्यहरु र सल्लाहकारहरुको संस्थाप्रति देखिएको लगावले गैरआवासीय नेपाली संघ अझ बढी लोकप्रिय हुँदै आएको धारणा राखे ।

शारिरिक र मानसिक रुपमा स्वास्थ्यका लागि रनफेष्ट कार्यक्रम आयोजना गरिएको आयोजक राज्य समन्वय परिषद इंगल्याण्डका सदस्य बलराम सुवेदीले प्रष्ट पारेका थिए । रनफेस्टमा भाग लिन संस्थाको आधिकारिक इन्टर्याक्टिभ वबे पेजबाटै दर्ता शुल्क तिर्न मिल्ने गरी रनफेष्टको सहभागीलाई स्वतस्फूर्त सहभागी हुन सक्ने र त्यसको सम्पूर्ण विवरण पारदर्शी राख्न मिल्ने बताए । सहभागिले आफूले दौडर ४ किलोमिटरको दूरी रेकर्ड गर्न मोबाईल एप डाउनलोड गरेर वा कुनै माध्यमले रेकर्ड बनाएर एनआरएनए राज्य समन्वय परिषदकै वेबसाईटबाट अपलोड गरेर आफ्नो यो अभियानको पहिलो चरण पूरा गर्न सक्नेछन् ।