April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा डा. विशाल गुरूङ चयन भएका छन् । गुरूङ फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका चिकित्सक हुन् ।

Advertisement

अल्डर्सटस्थित विभिन्न संघ संस्थामा आबद्ध भएका डा. गुरुङ इङल््यान्ड राज्य परिषद बेलायतका प्रवक्ता पनि हुन् । धेरै फराकिलो टिमको साथमा बनेको स्वास्थ्य विभागको चार विशेष सल्लाहकार छन् । ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजिमा एमएस्सी गरेका डा. सुनिल साह, ल्याप्र्सकोपिक सर्जन विशेषज्ञ तथा नेप्लिज डक्टर्स एसोसोएन यूकेका अध्यक्ष डा. कमल अर्याल, सिनियरवास म्यानेजर पब्लिक हेल्थमा मास्टर्स र पीएचडी प्राप्त डा. ओम प्रसाद गौतम र नेप्लिज डक्टर्स एसोसिएसनका पूर्व अध्यक्ष मनोचिकित्सक विशेषज्ञ डा. चुडा कार्र्की प्रमुख सल्लाहकार हुन् ।

यस स्वास्थ्य विभागका संयुक्त संयोजकका रुपमा नेप्लिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष रेजीस्टर्ड नर्स सुनिता थापा र गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एंव ट्रेनी नर्स इन्दिरा खनिया चयन भएका छन् । लन्डनस्थित विभिन्न नेपाली संघ संस्थामा धेरै टेवा पुर्याएकी डेन्टल नर्सिङका ट्रेनी अञ्जु कुँवर सुवालले सचिव पद सम्हाल्ने छिन् । त्यस्तै, सफ्ट वेयर डिभलपर बलराम सुवेदीले डिजिटल एन्ड टेक्निकल लिडको भुमिका निभाउनेछन् । यसरी नै अन्य सदस्यहरुमा नेप्लिज नर्सिङ एसोसिएसन यूकेका सदस्य रेजिस्ट्रेड नर्समाया केसी बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एवम् मेडिसिन एडमिनिस्टरका रुपमा कार्यरत विष्णु राना सामेल छन् ।