April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ ।

चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव खेम लोहनी मोरङ, सचिव अधिवक्ता सुरेश घिमिरे धरान, कोषाध्यक्ष लक्ष्मी कुमारी थेवे इटहरी, सदस्यहरुमा क्रमसः शान्ता नेउपाने इटहरी, राधिका वि.क. धरान, महेन्द्र काफ्ले तेह्रथुम, अम्बिका हाङबाङ ताप्लेजुङ, प्रेम ओझा पान्थर, इन्द्रकुमार गिरी संखुवासभा, विदुर सुवेदी धनकुटा, गणेश प्रधान भोजपुर, विमलकाजी श्रैष्ठ खोटाङ, नुतन श्रेष्ठ सोलुखुम्बु, लक्ष्मी कार्की ओखलढुंगा, ललित शाह उदयपुर , दिनेश श्रेष्ठ मोरङ, इश्वर मगर इलाम, नरप्रसाद लुम्फुङ्वा सुनसरी रहेका छन् ।

Advertisement

स्थानीय निर्वाचन आगमी बैशाख ३० गते तोकिएसंगै राष्ट्रिय निर्वाचन समिति (नियोक) ले देश व्यापी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । नेपालको सात वटा प्रदेशमा प्रदेश समिति र ७७ वटै जिल्लामा जिल्ला समिति रहेको नियोकमा विगत २०४८ सालबाट लगातार देश तथा विदेशमा निर्वाचन गर्दै आइरहेको छ । नियोकले नेपाल सरकार निर्वाचन आयोगसँग स्वीकृति लिई देशव्यापी रूपमा स्वच्छ, भय र धाँधलीरहित वातावरणमा निर्वाचन कायम गर्न पर्यवेक्षण गर्ने उद्देश्य लिएको जानकारी अध्यक्ष डा. तिगेलाले दिएका छन् ।