November 25, 2025, Tuesday
२०८२ मंसिर ११, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन :  नेपाल

राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएका हुन् । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको फैसलाप्रति आफू स्तब्ध भएको भन्दै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । सर्वोच्चको फैसलाबाट जे आयो, त्यो विकासको बाधक भएको भन्दै अध्यक्ष नेपालले भने ‘सर्वोच्च अदालत विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, बाधक हुने होइन ।’ त्यहाँको वस्तुस्थितिबारे जानकारी नै नभइकन ‘बनाउन हुँदैन’ भनेर निर्णय गरिएको टिप्पणी गर्दै अध्यक्ष नेपालले ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ ।’

Advertisement

अध्यक्ष नेपालले आफूले ६ पटक निजगढ विमानस्थल निरीक्षण गरेको बताउँदै त्यहाँ जंगल नै नभएकाेले वन विनास भैरहेको कुराप्रति सवाल उठाए । उनले पोखरा वा भैरहवा एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने समेत बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको भन्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको जनाए ।