May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेकाे काेषकाे रकम गायब भएको भन्दै निर्वतमान अध्यक्ष पुनम गुरुङलाई वर्तमान समितिले पत्र पठाएको छ । कल्याणकारी बैंक खाता बन्द भए पनि रकम बरबुझारथ नगरेको भन्दै एनआरएनए यूकेले ताकेता गरेको हाे ।

गत मे १५ मा बैठक बसेपश्चात् काेष रहेका बैंक खाता तथा अन्य सम्पत्तिहरू यथासक्य बुझाउन भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र पठाएको एनआरएनए यूकेका प्रवक्ता भरतमणि चाेङवाङले जनाएको छ । उनले एक विज्ञप्ति जारी गर्दै शङ्कास्पद गतिविधि भएको लागेपछि एचएचवीसी वेलफेयर खाता बन्द गरेको बताए । बैंकका अनुसार गुरुङका नाम र ठेगानामा २६,०८७ पाउन्ड ५१ पेन्सकाे चेक पठाइएको बताएपनि हालसम्म रकम, खाता र विवरण हस्तान्तरण गरिएको छैन ।

Advertisement

प्रेम गाहा मगर अध्यक्ष रहेको एनआरएनलाई महाधिवेशन भएको दश महिना हुन लाग्दा समेत विभिन्न सात फरक फरक खाताहरूमा राखिएको आर्थिक विवरण र रकम हस्तान्तरण नहुँदा समस्या उत्पन्न भएको प्रवक्ता चाेङवाङले बताए । उनले काेष रकम गुमाउनका साथै झन्झटिलो प्रक्रिया बेहाेरिरहनु परेका कारण यथासक्य रकम र हिसाबकिताब बुझाउन पुरानाे समितिलाई आग्रह गरेको जनाए ।

विज्ञप्तिकाे प्रतिलिपि