April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त शिविरमा नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम, नर्सहरु सिलु आचार्य, सपना खनिया, डा. विशाल गुरुङ लगायत स्वास्थ्य स्वंयसेवकहरु प्रतिकुल मौसमका बाबवुद पनि खटिएका थिए ।

Advertisement

स्वास्थ्य शिविरमा सेवा प्रदान गर्दै स्वयंसेवकहरू ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले स्वयंसेवक र स्वास्थ्यकर्मीहरुको टिमलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहकार्य गरेर अझ राम्रा काम गर्न सकिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनए यूके प्रमख संरक्षक शेर सुनार, उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष विष्णु खरेल, सदस्य बालकृष्ण दाहाल, सल्लाहकार शान्ति थापा कुंवर, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मान गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन लगायत स्वास्थ्य शिविर पुगेर स्वयंसेवकहरुलाई हौसला प्रदान गरेका थिए ।

उपाध्यक्ष सेनले स्वयंसेवकहरुका लागि खाजा र पानी व्यवस्था गरिदिएका थिए ।