April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको वेलफेयर बैंक खाता रातारात बन्द गर्ने कार्यको अध्यक्ष गाहामगरले गरे निन्दा

एनआरएनए यूकेको वेलफेयर बैंक खाता रातारात बन्द गर्ने कार्यको अध्यक्ष गाहामगरले गरे निन्दा

लन्डन । एनआरएनए यूकेको एचएसबीसी वेलफेयर बैंक अकाउन्ट बिना सल्लाह बन्द गर्ने प्रक्रिया बढाइएको थाहा पाएपछि अध्यक्ष प्रेम गाहामगरले कडा आपत्ति प्रकट गर्दै सो कार्यको निन्दा गरेका छन् ।

आफू अध्यक्ष र अन्य पदाधिकारीहरुलाई समेत थाहा नदिइ विना सल्लाह अकाउन्ट बन्द गर्न खोजिनु खेदजनक र यसले आर्थिक अपचलनको शंकामा थप बल पुगेको गाहामगरको टिप्पणी छ ।

Advertisement

उक्त अकाउन्ट एनआरएनए यूकेको प्राइमरी बैंक अकाउन्ट भएको र सन् २०१७ देखि २०२१ सम्म संघको सम्पूर्ण कारोवार भएको स्मरण गराउदै अध्यक्ष गाहामगरले पूर्व अध्यक्ष पुनम गुरुङलाई शुक्रबार एक सचेतपत्र पठाएका छन् ।

एनआरएनए यूकेकाे विज्ञप्ति ।

कार्यसमितिलाई बैक खाता हस्तान्तरण गर्नुको सट्टा गत जनवरीदेखि उक्त अकाउन्ट बन्द गर्न प्रक्रिया बढाउंदा विगतको विवादास्पद आर्थिक घोटालाप्रति ‘पब्लिक’ मा थप आशंका बढेको गाहामगरले उल्लेख गरेका छन् ।

बैंकको कम्प्लायन्स नपुगेर बैंकले बन्द गर्न खोजेको भए त्यसबारे आफूहरुलाई किन अवगत गराइएन भन्ने प्रश्न पनि गाहामगरको छ ।

पटक पटक ताकेता र पत्राचार गर्दा समेत गत वर्ष अगष्ट २१ मा निर्वाचित अध्यक्ष प्रेम गाहामगरको कार्यसमितिलाई आज सम्म पनि बैक खाता हस्तान्तरण गरिएको छैन । यही अवस्थामा एचएसबीसी वेलफेयर बैंक अकाउन्ट बन्द भएको भनिएको थियो । जसमा २६ हजार ८७ पाउण्ड, ५९ पेन्स रकम थियो । यसरी खाताको रकम नै गायव भएपछि कार्यसमितिको बैठकले निर्णय गरी गत मे महिनामा गायव भएको कोषको खोजी सुरु गरिएको थियो ।

यसै क्रममा निवर्तमान अध्यक्षका हैसियतमा पुनम गुरुङलाई गत मे २९ २०२२ मा पत्र लेखी सार्वजनिक सूचना जारी गरिए पछि बल्ल गत जुन ८ मा पैसा ट्रान्सफर गरिएको कुरा गाहा मगरले पत्रमा उल्लेख गरेका छन् । पैसा ट्रान्सफर भएपनि अकाउण्ट ट्रान्सफर गर्न आनाकानी गरिएको छ । अझै यसलाई कार्यसमितिको जानकारी विना बन्द गर्न खोजिएको जानकारी आएको छ ।

अध्यक्ष गाहामगरले यसअघिका अन्य बैंक अकाउन्ट र कारोबारमा पनि आफ्नो कार्यसमितिलाई पहुंच नदिइएकोमा आश्चार्य प्रकट गरेका छन् । यसले यी खातामार्फत मनि लाउन्डरिङ वा अन्य आर्थिक अपराध भएको हुन सक्ने आशंका बढाएको छ ।

बैंक अकाउण्ट पब्लिक प्रोपर्टी भएकोले त्यो बन्द गर्ने व्यक्ति जो कोही कानूनको भागिदार हुने पनि अध्यक्ष गाहामगरले चेतावनी दिएका छन् ।

स्मरणीय के छ भने २०१९ को सेप्टेम्बर ताका भएको निर्वाचन र त्यस अगाडि पछाडि संघको ठूलो रकम घोटाला भएको भन्दै अहिले एक मुद्दा बेलायती अदालत डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधिन छ । सो को सुनुवाइ आगामी अक्टोबर २०२२ मा हुँदैछ ।