April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समीक्षा सहितको निष्कर्ष निकालेको छ ।

बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा रहेपनि समग्र परिणाम सन्तोषजनक नरहेको ठहर गर्दै पार्टी स्थापनाको छोटो अवधिमा कलम चिन्ह र पार्टी जनताबीच स्थापित भएको ठहर गरेको छ ।

Advertisement

बैठकले गत स्थानीय निर्वाचनमा प्रचार विभागले गरेका कामको समिक्षा गर्दै आगामी निर्वाचनलाई लक्षित गर्दै ६ महिने रणनीति तयार गर्ने निर्णय गरेको छ । उक्त रणनीति तयार गरी पेश गर्न विभागका उपप्रमुख तथा पार्टीका केन्द्रीय सदस्य साथै समाजवादी प्रेस संगठनका अध्यक्ष शभ्भू श्रेष्ठ, केन्दीय सदस्य एवं प्रचार विभाग सदस्य राममाया(चमिना) भट्टराई, सचिव प्रकाश खतिवडा, विभागका सदस्य एवं समाजवादी प्रेस संगठनका उपाध्यक्षहरु विश्वमणि सुवेदी, भवानी कार्की र शान्ताराम विडारी सदस्य रहेको प्रचार रणनीति मस्यौदा समिति गठन गरेको छ । समितिले ७ दिन भित्र प्रचार रणनिति तयार गरी विभागमा पेश गर्ने सचिव प्रकाश खतिवडाले बताए ।

यस्तै बैठकले समाजवादी प्रेस संगठनलाई आगामी ३ महिना भित्र सबै जिल्ला, प्रदेश समितिहरु निर्माण गर्न भेला सम्पन्न गर्न ,पार्टीका जिल्ला कमिटिहरुलाई प्रचार विभाग चुस्त दुरुस्त गर्न नभएका जिल्लामा गठन गरी सो को विवरण केन्द्रमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।