April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले आगामी ६ अगष्टमा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । वर्तमान कार्य समितिले पदभार ग्रहण गरेको ठिक १ बर्ष पुगेको दिन उक्त साधारण सभाको आयोजना गर्न लागिएको हो । वर्तमान कार्य समिति निर्वाचित भएर गत बर्षको ६ अगष्टमा पुरानो कार्य समितिबाट पदभार लिएको थियो ।

सामान्यतया यस अगाडिका कार्य समितीहरुले साधारण सभाको आयोजना गर्ने प्रचलन थिएन । बरु संघ संस्था प्रतिनिधि सभाको मात्र आयोजना गरिन्थ्यो । यस पटक संघ संस्थाका प्रतिनिधिहरुका अलावा गैरआवासीय नेपाली संघका पञ्जीकृत सदस्यहरुलाई समेत बोलाएर साधारणसभा (अधिवेशन) आयोजना गर्न लागिएको छ । कार्य समिति जहिले पनि संघका सदस्यहरु प्रति उत्तरदायी हुनु पर्दछ अतः हामिले पन्जिकृत सदस्यहरु र बेलायतमा रहेको नेपाली संघ संस्था, व्यापारी बुद्धीजिवीहरु तथा समाजका प्रबद्ध वर्गलाई राखेर हामी यस अवधिमा गरेका कार्यहरुलाई प्रस्तुत गर्ने तथा आगामी कार्यदिशाका लागी उहाहरु बाटै सर सल्लाह लिने नीतिअनुरुप यसरी साधारण सभाको बोलाइएको हो । गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

Advertisement

साधारण सभामा कार्य समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान तथा नीतिगत विषयमा छलफल गरिने छ । अध्यक्ष प्रेम गाहा मगरका अनुसार साधारणसभामा गैर आवासीय नेपालीहरुका सरोकारको विषयहरुमा विज्ञहरुलाई बोलाएर विषयगत छलफल गराईने छ । यसका लागि गैरआवासीय नेपाली संघ यूकेले आफ्नो तयारी सुरु गरिसकेको कुरा अध्यक्ष गाहा मगरले जनाएका छन् ।