April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले विचार व्यक्त गरेका थिए ।

Advertisement

पुस्तक यादकाे सन्दुक

‘यादको सन्दुक’को समीक्षा गर्दै कवि विप्लप प्रतीकले कविताहरू प्रेमिल भएको साथै प्रेमका विविध पक्षलाई दिपाले भावमा प्रस्तुत गरेको बताए ।

यस्तै, साहित्यकार बिना थिङले वादहरुभन्दा माथि उठेर कविता लेखेको भन्दै भनिन्, ‘कवितामा कसैलाई प्रहार गरिएको छैन । कुनै वादहरू मिसाइएको छैन । वादहरुभन्दा माथि उठेर दिपाले कविता लेखेकी छन् ।’

त्यसैगरी पशुपति राईले कविता सरल र हृदय छुने भएको बताइन् । कवितामा सम्बन्धहरुलाई जोड दिइएको उनले बताइन् ।

कवि दीपा मेवाहाङ राई ।

यस्तै, अर्पण उत्कर्षले नेपाली साहित्यक आन्दोलनलाई योग्दान दिने छुट्टै खालको कृति भएको बताए । कविता संग्रहमा छोटा र लामा कविता भएको र छोटा कविताले मन, मुटु, मस्तिष्क जता पनि छुने उनको भनाइ थियो ।

कार्यक्रममा स्वप्निल स्मृति र सङ्गीता थापाले सङ्ग्रहबाट केही कविता वाचन गरेका थिए । पुस्तकको प्रकाशन फिनिक्स बुक्सले गरेको हो । लेखन दिपा भने हाल दक्षिण कोरियामा कार्यरत छन् ।

‘यादकाे सन्दुक’मा ४८ वटा कविता समावेश छन् । यो उनको पहिलो एकल कृति हो । संयुक्तमा कविता सङ्ग्रह ‘इतर कविता’ र संयुक्त कथा सङ्ग्रह ‘छकालै’मा उनका कविता र कथा प्रकाशित भइसकेको छ ।