April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन् ।

महाेत्सवमा प्रथम भएकी कवि आत्रेय ।

प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् । प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता द्वितीय भएको छ ।

Advertisement

तृतीय भएकी कवि एवम् पत्रकार सीता तुम्खेवा ।

यस्तै, भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको  ‘बुवाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविताले तृतीय स्थान हासिल गरेको हो । तृतीय भएकी तुम्खेवा नेपाल मामिला डटकमकी सम्पादक समेत हुन् । त्यस्तै, सन् २०२० मा आयाेजना भएको चर्चित ‘पहिलो विश्वव्यापी अनलाइन पा:लाम प्रतियोगिता’ आयाेजना गर्ने याक्थुङ कल्चरल ग्रुपकी संयाेजक पनि हुन् ।