April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न लण्डन पुगेका पूर्वमन्त्रीज्यूहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे साथै सांसदहरु प्रमिला राई, जयकुमार राई, कृष्णप्रसाद दाहाल, पदम गिरी र कुलप्रसाद नेपालसंग संयुक्त रुपमा एनआरएनए युकेले अन्तरकृया गर्न लागेको महासचिव खुशी लिम्बुले बताए।

Advertisement

एनआरएनए यूकेले उनीहरुको बेलायत भ्रमणलाई नेपाल सरकार र व्यवस्थापिका संसदलाई आफ्ना कुराहरु राख्ने अवसरको रुपमा लिंदै अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रमको संयोजकको जिम्मेवारी एनआरएनए यूकेका उपाध्यक्ष साथै नेपाली नागरिकता अभियान विभागका संयोजक समेत रहेका मोहन कार्कीलाई दिइएको छ ।

अन्तरकृया तथा भेटघाट कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट राजनितिक प्रतिनिधि मण्डल समक्ष ज्ञापन पत्र समेत बुझाइने बताइएको छ । ज्ञापन पत्रमा विशेष गरी गोर्खाहरुको मुद्दा र प्रवासमा रहेका नेपालीहरुको नागरिकता सम्बन्धी कुरा उठाइने महासचिव लिम्बुले बताए ।

कार्यक्रम शुक्रवार जुन २४ साँझ ७ बजेबाट एनआरएनए यूकेकै कार्यलयमा हुनेछ । कार्यक्रमको लाइभ प्रसारण एनआरएनए यूकेको फेसबुक, महासचिवको अफिसियल फेसबूक, नेपाल मामिला र लण्डन नेपाल न्युज जस्ता च्यानलहरुले प्रसारण गर्नेछन् ।