April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

एनआरएनए यूकेसँग पूर्वमन्त्रीहरू

लन्डन, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री रसांसदहरुसंग एक अन्तरक्रिया गरेको छ ।

शुक्रबार सांझ अल्डरसटस्थित आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथासांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासंग अन्तरक्रिया भएको हो ।

Advertisement

भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुलेप्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यकसुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।

कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसकासभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै योविषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए ।

डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे।

‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमालेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’- उनले भने, ‘केही साथीहरु संविधानमा लेखिएकाकुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधाननगरि नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए ।

नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायणखड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए ।

पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्यानभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयकपारित हुने बताए ।

‘तपाईंहरु नेपाल नगएपनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहां पार्टीगत गुटउपगुट वा जुलुस धर्ना गरेरनबस्नुस्’, पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सकेहाम्रा कुरा सधैं संसदमा राख्न सकिन्छ ।’

कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दासमाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्नपहलका लागि जोड दिए ।

एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममासांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूकेप्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरकेत्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे ।

नेपालका प्रमुख दलका वरिष्ठ नेताहरु सहभागी कार्यक्रम र गहन मुद्दामा राखिएको अन्तरक्रियामाएनआरएनए यूके कार्यसमितिकै पदाधिकारी भने सहभागी थिएनन् ।

कार्यक्रममा आफू, उपाध्यक्ष मोहन कार्की, युवा संयोजक तीर्थ मल्ल र सदस्य बालकृष्ण दाहालमात्रसहभागी भएपछि अध्यक्ष प्रेम गाहामगरले यसलाई ‘दुःखद’ र ‘विडम्बना’ भनेका छन् ।