April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको संघले जनाएको छ । बैठक बस्ने वा नबस्ने भन्ने विषयमा महासचिवले विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकोले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्ति प्रकाशित भएपछि सचिवालयले तुरुन्तै खण्डन गर्दै आधिकारिक विज्ञप्ति जारी गरेको हो ।

गत शनिबार २५ जुनका लागि तय गरिएको कार्यसमितिको नियमित बैठक अधिराज्यव्यापी रेलेवे हडताल र त्यसबाट सिर्जित यातायातको समस्याले बैठक रद्द भएको तर अध्यक्षलगायत उपस्थित सदस्यहरुबीच औपचारिक छलफल भने भएको विज्ञप्तिमा भनिएको छ । सचिवालयको तर्फबाट महासचिव खुशी लिम्बू र कोषाध्यक्ष विष्णु खरेलद्धारा जारी विज्ञप्ति यस्तो छः

Advertisement

                                                                                                        २६ जुन २०२२
प्रेस विज्ञप्ति

आदरणीय पत्रकारज्यूहरु,

सर्वप्रथम यो जानकारी गराउँदछौं कि एनआरएनए यूकेको प्रवक्ताको अफिसियल इमेल अकाउण्ट आज मिति २६ जुन २०२२ को दिन दिउँसो १४स्३४ बजे अनधिकृत प्रयोग भएको छ । सचिवालयको जानकारीबिना सम्प्रेषण भएको कथित प्रेस विज्ञप्ति झुट र भ्रामक रहेको जानकारी गराउँदछौं ।

हिजो मिति २५ जुनमा बस्ने भनिएको एनआरएनए यूकेको बैठक कार्यसमितिका अधिकाँश साथीहरु उपस्थित हुन नसक्ने अवस्था थप अधिराज्यव्यापी रेलवे हडतालका कारण कार्यसमितिका बहुमत साथीहरुकै सल्लाह बमोजिम बैठक स्थगन गरिएको थियो । तथापि बैठकमा कोरम नपुगे पनि अध्यक्षज्यू लगायत समितिका कतिपय बरिष्ठ सदस्यहरु उपस्थित हुनुभएकोले बैठक पूर्ण र औपचारिक नभएर एउटा अनौपचारिक छलफलमा रुपान्तरित भएको थियो । बैठकमा अधिकांश उपाध्यक्षज्यूहरु साथै महासचिव र कोषाध्यक्ष जस्ता सचिवालयका अन्य बरिष्ठ सदस्यहरु अनुपस्थित रहनुभएको र बैठक जबरजस्ती सञ्चालन गर्न सचिवज्यूहरुलाई दवाव दिएकोले उक्त बैठक अवैधानिक रहेको सचिवालयको ठहर छ । त्यसैले विज्ञप्तिमा उल्लिखित जानकारी (जसले सम्प्रेषित गरेको भएपनि) सत्य नभएको जानकारी गराउँदछौं 
हिजो कार्यालयमा उपस्थित सचिवालयका उपाध्यक्ष राम चन्द्र पोखरेल र प्रवक्ता भरतमणी चोङबाङसित सम्पर्क गरेर जानकारी लिंदा त्यस्तो कुनै पनि निर्णय भएको सचिवालयलाई जानकारी भएन । त्यसैले आज अघि १४स्३४ बजे सम्प्रेषित विज्ञप्तिलाई औपचारिक र सत्य नठानिदिनुहुन यो सूचना जारी गर्दछौं र अनधिकृत प्रयोग हुन नदिनका लागि सचिवालयले उक्त इमेल अकाउण्ट नियन्त्रणमा लिएको जानकारी गराउँदछौं । एनआरएनए यूकेमा हुने अन्य गतिविधिहरुबारे यहाँहरुलाई जानकारी गराइरहने छौं ।

धन्यवाद ।

            खुशी लिम्बू                                                           विष्णु खरेल
             महासचिव                                                             कोषाध्यक्ष