April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

नयाँ दिल्ली । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसोे ट्विट गर्दै आबेको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै मोदीले आबेको निधनले मर्माहत भएको बताएका छन् ।

Advertisement

शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो ।

६७ वर्षीय आबे आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए । गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए । उनको सर्टमा रगत देखिएको थियो । त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो ।

प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो । ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ । उनले गोली हान्नुको कारण भने खुलेको छैन ।