March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने बताएका हुन् ।

Advertisement

सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको बताए । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको बताउँदै आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेकाले थप सफलता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । गठबन्धन आवश्यकताअनुसार भएतापनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेको भन्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको बताए ।

‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो’ उनले भने, ‘मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’