April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

नागरिकता विधेयक संशोधन गरेर मात्र पारित गर्न अध्यक्ष गाहा मगरको माग

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयक संशोधन गरेरमात्र पारित गर्न माग गरेका छन् ।

यथास्थितिमा पारित गरिए त्यो बेलायतवासी नेपाली र हजारौं भूतपूर्व गोर्खाहरुको हितमा नहुनेअध्यक्ष गाहामगरले बताएका छन् ।

Advertisement

नेपाल सरकारले पुरानो विधेयक फिर्ता लिएर फेरी केहि परिमार्जनसहित नेपाल नागरिकता ऐन २०६३ संशोधन २०७९ लाई नयाँ विधेयक भनेर संसदमा टेबल गरेको स्मरण गर्दै गाहामगरले उक्त विधेयकमा थुप्रै कुरामा आफूहरुको गुनासो रहेको बताए ।

‘हामीलाई दोहोरो नागरिकता चाहिएको होइन । वंशजको नागरिकता निरन्तरता हुनुपर्छ’, गाहामगरले भने, ‘बेलायतमा धेरै भूतपूर्व गोर्खाहरु हुनुहुन्छ । म आफैं पनि पूर्व गोर्खा भएका नाताले भूतपूर्व गोर्खाहरुको वंशजको नागरिकतालाई निरन्तरता दिइनुपर्छ भन्ने मेरो जोडदार माग छ ।’

अध्यक्ष गाहामगरले नागरिकता विधेयक संशोधनका लागि एकजुट हुन एनआरएनए यूकेका समस्त पञ्जीकृत सदस्य, भूतपूर्व गोर्खा संगठनहरु, भूतपूर्व गोर्खा र तिनका परिवार साथै सबै नेपालीलाईआग्रह गरेका छन् । फुटेर होइन जुटेरमात्र यस्ता मुद्दा निष्कर्षमा पुग्ने भएकाले गाहामगरले सबैलाई एकजुट हुन जोड दिएका छन् ।

‘अहिलेसम्म विभिन्न भूतपूर्व गोर्खा संगठन र संघसंस्थाहरुले जे जति काम गर्नु भएको छ त्यसको म सम्मान गर्छु । म एनआरएनए यूके अध्यक्ष नेपाल सरकारसंग जोड्ने पुल मात्र हो । बाँकी काम गर्नेशक्ति तपाईंहरु नै हो । अब हामी एकपटक फेरि एकैठाउंमा आएर विधेयक संशोधनका लागि दबाब दिउं’, गाहामगरको अपिल छ ।

आफूलाई बेलायतवासी सबै नेपालीहरु र बेलायतस्थित भूतपूर्व गोर्खाहरुले अमुल्य मत दिएर आफ्नामुद्दामा लड्न म्याण्डेट दिएको उल्लेख गर्दै अध्यक्ष गाहामगरले सोही अनुरुप लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

भूतपूर्व गोर्खाहरुले गएको २०८ वर्ष यता नेपाल-बेलायत सम्बन्ध प्रगाढ बनाउन मात्र नभइ नेपाल र नेपालीकालागि गरेको योगदान र त्यागलाई सम्मान गर्न पनि उनीहरुलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नहुनेमा गाहामगरले जोड दिए ।

उनले आउंदो अगष्ट ६ मा हुने एनआरएनए यूकेको वार्षिक साधारणसभामा नागरिकता विधेयक केन्द्रित एक बेग्लै सेसन राखिएको जनाउंदै त्यसमा यस क्षेत्रका विज्ञ र सरोकारवाला सहभागी भइ एउटा निष्कर्ष निकालिने पनि जनाए । ‘हामीले उक्त साधारणसभाको निष्कर्षको आधारमा अन्तिम प्रतिवेदन तयार गरि नेपाल सरकारसमक्ष पुरयाउने छौं’, गाहामगरले भने, ‘त्यसकारण कृपया तपाईंहरुआफ्नो आवाज बुलन्द गर्न पनि साधारणसभामा सहभागी भइदिनुहोला ।’