April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

काठमाडौं । याक्थुङ युवा मञ्च, काठमाडौँले आयोजना गरेको तेस्रो संस्करणको ‘सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९’ को उपाधि सेभेन वेज युनाइटेड फुटसल क्लबले हात पारेको छ । फाइनलमा काठमाडौंका याक्थुङ युथ एसोसिएसनलाई हराउँदै सातदोबाटोका सेभेन वेजले उपाधि चुमेको हो ।

याक्थुङ लिम्बु समुदायको पर्व सिसेःक्पा तङ्नामको अवसरमा आयोजित प्रतियोगिता काठमाडौं शान्तिनगरस्थित फुटसलमा सम्पन्न भएको थियो । ‘पहिचान र अस्तित्व बचाऔँ, सम्पूर्ण याक्थुङ युवाहरू एक हौ’ भन्ने नाराका साथ सम्पन्न उक्त प्रतियोगितामा ४५ समूहले सहभागिता जनाएको आयोजक याक्थुङ युवा मञ्च, काठमाडौँ जिल्ला अध्यक्ष संगीता सुहाङले बताइन् ।

Advertisement

समापन कार्यक्रमकाे एक झलक ।

विजेता टिमले ट्रफीसहित ५५,५५५ रूपैयाँ नगद प्राप्त गरेको छ । उपविजेताले ट्रफिसहित ३३,३३३ रूपैयाँ नगद प्राप्त गरेको छ । साउन ७ र ८ गते भउको प्रतियोगिताको उत्कृष्ट खेलाडी याक्थुङ युथ एसोसिएसनका सौजन याक्खा राई घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक सौरध ठाकुर, उत्कष्ट रक्षक वसन्त तामाङ र उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी लोकेन लिम्बु भए । उनीहरू सबैले ट्रफीसहित नगद प्राप्त गरे । विजेताहरूलाई एक कार्यक्रमबीच एक कार्यक्रमबीच साउन १४ गते पुरस्कार दिइने मञ्चकी अध्यक्ष सुहाङले जनाइन् ।

प्रतियोगिताकाे एक खेलमा भिँड्दै खेलाडीहरू ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)को महासचिव किरण राई रहेका थिए ।