May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एकीकृत समाजवादीले स्वामिकार्तिक खापर गाउँपालिकाले दियो  ज्ञापनपत्र

एकीकृत समाजवादीले स्वामिकार्तिक खापर गाउँपालिकाले दियो ज्ञापनपत्र

बाजुरा ।  नेकपा (एकीकृत समाजवादी) बाजुरा स्थित स्वामिकार्तिक खापर गाउँ कमिटीले स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ ।


गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ  प्रशोधन केन्द्र सञ्चालन, ह्याचरी, र्याप्टीगं, लिप्ट ईरीगेशन, भेडापालन, गाउँपालिकाका वासवोड सञ्चालन, सडकको स्तरउन्नती र विद्युतबाट वञ्चित गाउँ तथा वस्तिमा तत्काल विद्युत्त सेवा सुचारु लगायतका योजनालाई तत्काल कार्यन्वयन गर्नु पर्ने उल्लेख गरिएको छ ।

Advertisement

त्यस्तै, मुक्तिकोटका कोभिड प्रभावित श्रमिकले पाउनु पर्ने रकम विनियोजन गरी भुक्तानि गरीनु पर्ने, आर्थिक वर्ष २०७८ ७९ को निति तथा कार्यक्रम र कार्यपालिकाको निर्णय वेगरका योजनामा भुक्तानि भएको छानविन गरी सत्य तथ्य वाहिर ल्याउनु पर्ने, करार कर्मचारीको सन्दर्भमा भएको निर्णयले गर्दा सेवा प्रवाहमा वाधा पुगेको हुदा तत्काल नियम कानून कार्यसम्पादनको आधार म्याद थपिनु पर्ने लगायतका माग पनि ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।

त्यस्तै, राजनीतिक आग्रह पूर्वाग्रह अनुसार जनप्रतिनिधि र कर्मचारीको सेवाग्राहीलाई पूर्वाग्राहका आधारमा भेदभाव गरिएकोले सो गलत कार्य वन्द गरी विना पुर्वाग्राह सेवा प्रवाह गरिनु पर्ने, आर्थिक वर्ष ०७९र ८० मा गाउँपालिकाले तय गरेको निति तथा कार्यक्रममा महिलालाई मात्र उपभोक्ता समितिमा राख्ने भन्ने कुराले नेपालको संविधान र समावेशी मूल्यमान्यताविपरित भएकोले तत्काल संशोधन गरी उपभोक्ता समिति समावेशी बनाउनुपर्ने र वडा नं १ को वडा कार्यालय केन्द्र हाल सम्म विवादित भएकोले सम्वन्धित वडाका जनप्रतिनिधिले निर्णय गरे बमोजिम तत्काल कार्यन्वयन गरी सेवा प्रवाह गर्नुपर्ने लगायतका माग राख्दै नेकपा एकीकृत समाजवादीले स्वामिकार्तिक खापर  गाउँपालिका अध्यक्ष भरत रोकायालाई ज्ञापनपत्र बुझाएको  वडा ३ कमिटि अध्यक्ष रत्न शाहीले बताए ।