April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले बेलायतस्थित नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ ।

यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।

Advertisement

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबाट सम्मान प्रदान गरिनेछ । अध्यक्ष गाहामगरले एम्पायर हलमा हुने साधारणसभामा उपस्थित भएर सम्मान ग्रहण गरिदिन पनि सबै संघसंस्थामा अनुरोध गरेका छन् ।

गाहामगरले दशौं कार्यसमितिको नयां जिम्मेवारी लिएको ठिक एक वर्ष भएकै दिन वार्षिक साधारणसभा गर्ने तयारी छ ।

साधारणसभाबारे सूचना ।

गाहामगरले गैर आवासीय नेपाली संघ बेलायतका पन्जिकृत सदस्यहरुसहित बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई पनि सहभागिताको लागि अपिल गरे ।

उक्त साधारणसभामा ‘भूतपूर्व गोर्खाहरुको हकमा वंशजको नागरिकता’ विषयक बेग्लै सेसनसहित विधान संशोधन, आयव्यय प्रतिवेदन आदि प्रस्तुत 
गर्ने तयारी रहेको अध्यक्षले जनाए । साधारणसभा अल्डरसटस्थित एम्पायर हलमा बिहान १० बजेदेखि शुरु हुँदैछ ।