October 28, 2025, Tuesday
२०८२ कार्तिक १२, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: NRNA UK

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी नायिका मिरुनामाथि केही दिनयता काठमाडौंमा…

एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेकाे काेषकाे रकम गायब भएको भन्दै निर्वतमान अध्यक्ष पुनम गुरुङलाई वर्तमान समितिले पत्र पठाएको छ । कल्याणकारी बैंक खाता बन्द भए पनि रकम बरबुझारथ नगरेको भन्दै एनआरएनए यूकेले ताकेता गरेको हाे । गत मे १५ मा बैठक बसेपश्चात् काेष रहेका बैंक खाता तथा अन्य सम्पत्तिहरू यथासक्य बुझाउन भन्दै पूर्व अध्यक्ष…

  • नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    स्कटल्याण्ड ।   गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा  गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री  कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर...

  • मन्त्री पाैडेललाई एनआरएनए यूकेकाे ज्ञापनपत्र

    मन्त्री पाैडेललाई एनआरएनए यूकेकाे ज्ञापनपत्र

    लन्डन ।गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाईज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।   हाल बेलायत भ्रमणमा रहेका मन्त्री पौडेललाई आफ्नै कार्यालयमा स्वागत गर्दै संघले एकज्ञापनमार्फत गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाट बन्चित गराउने खालका नेपालकोसंविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गर्न पनि माग गरेको छ । अध्यक्ष प्रेम गाहा मगरले मन्त्रीलाई ज्ञापन पत्र हस्तानतरण गरेका हुन् ।अध्यक्ष गाहा मगर र उपाध्यक्षनारायणदत्त कंडेलले हस्ताक्षर गरेको उक्त ज्ञापनमा सम्पत्तिको सुरक्षा, भूतपूर्व गोरखा सैनिकहरुलाईन्याय, लगानी मैत्री वातावरण निर्माण, अध्ययनका लागि बेलायत आउने विद्यार्थीका समस्या  समाधानआदि उल्लेख छ ।   ज्ञापन जस्ताको तस्तै:  मिति: २५ मे २०२२  माननीय मन्त्री देवेन्द्र पौडेलज्यू  शिक्षा, विज्ञान  तथा प्रविधि मन्त्रालय नेपाल सरकार काठमाण्डौ ज्ञापन पत्र ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ स्थापित गैरआवासीय नेपाली संघ  नेपाल, नेपालमाबस्ने नेपाली र नेपाल बाहिर रहेका नेपालीहरुको हितमा कार्य गर्ने संसारभरि रहेका नेपालीहरुकोसाझा संस्था हो । त्यसैले नेपालको समुन्नती र विकास, आर्थिक सामाजिक तथा राजनीतिकरुपान्तरण तथा विदेशमा बस्ने नेपालीहरुको अधिकार संरक्षण संवर्धन गैरआवासीय नेपाली संघकोप्रत्यक्ष सरोकारको क्षेत्र हो । यी लगायत मातृभूमि नेपाल र गैरआवासीय नेपालीहरुको हित जोडिएकाक्षेत्रहरुमा कार्य गर्न सरकारको प्रत्यक्ष र सकारात्मक सहयोग आवश्यक हुन जान्छ । अतः नेपालको मूल कानुन, ऐन नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नुपर्ने विषयहरु, नियम कानुनले समेटेका र देशले नीतिगत रुपमा स्वीकार गरिएका भए पनि अस्पष्टताभएका र कार्यान्वयन हुन नसकेका विषयहरु र सरकारको दृष्टि नपुगेका कतिपय गैरआवासीयनेपालीका लागि प्रत्यक्ष सरोकार राख्ने विषयहरुका सम्बन्धमा नेपाल सरकारको ध्यान आकृष्ट होस्भन्नका लागि गैरआवासीय नेपाली संघ युके माननीय मन्त्रीज्यू  मार्फत नेपाल सरकारसमक्ष  निम्नलिखित माग सहित यो ज्ञापन पत्र पस्तुत गर्द छ । १. नागरिकताको निरन्तरताका सम्बन्धमा  गैरआवासीय नेपालीहरु नेपालको वंशज नागरिकको रुपमा विदेशिएका नेपालीहरु हुन् । आर्थिकतथा अन्य कारणले देश छोडेका यी जन्मसिद्ध नेपालीहरुलाई उनीहरुको नेपाली वंश, परंपरा भेषभुषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसंगको नातालाई राजनीतिक रुपमा चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन । अतः गैरआवासीय नेपालीहरुलाई नेपालको नागरिकताबाटबन्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानहरुलाई तुरुन्तपरिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकताको निरन्तरताको प्रत्याभूति गर्नगैरआवासीय नेपाली संघ युके नेपाल सरकारसंग जोडदार माग गर्दछ । २. सम्पत्तिको सुरक्षाका सम्बन्धमा  (क) गैरआवासीय नेपालीहरुको नेपालमा रहेको अचल सम्पत्तीका सम्बन्धमा सरकारको अस्पष्टनीति  तथा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा नेपालमा स्पष्ट नीतिनियमको अभाव छ ।  फलस्वरुप गैरआवासीय नेपालीहरु नेपालमा रहेको उनीहरुको अचलसम्पत्तिका सम्बन्धमा असुरक्षित महसुस गरिरहेका छन् भने अचल सम्पत्तिको प्राप्ती, भोगचलन रस्वामित्व हस्तान्तरणका सम्बन्धमा व्याप्त प्रशासनिक  झन्झटका कारण गैरकानुनी बाटोबाटनेपालको सम्पत्ति बाहिरिएको तर्फ ध्यान दिन गैरआवासीय नेपाली संघ युके नेपाल सरकारलाईजोडदार माग गर्दछ ।  (ख) नेपालको संविधानले ब्यक्तिलाई सम्पत्तिको पूर्ण अधिकारको ग्यारेन्टी गरिसकेको अवस्थामासम्पत्तिको प्राप्ती, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा आम  नेपाली र गैरआवासीयनेपालीको विचमा कुनै भेदभाव नहुने गरी स्पष्ट कानुनी ब्यवस्था गर्न गैरआवासीय नेपाली संघ युकेनेपाल सरकारसंग जोडदार माग गर्दछ । ३. गोरखा शैनिकहरुलाई न्याय दिलाउने सम्बन्धमा  बेलायती सैनिक सेवामा कार्यरत तथा सेवानिवृत्त गोरखा सैनिक र उनीहरुका परिवारको अधिकारसेवा सुविधा तथा निवृत्ति भरणका सम्बन्धमा भएको भेदभाव  तथा ऐतिहासिक  रुपमा भएको शोषणतथा अन्यायको अन्त्य गरि वीर गोरखालीलाई न्याय दिलाउन, सम्बन्धित सरोकारवालाहरुकोसहभागितामा नेपाल सरकारले तुरुन्त बेलायत सरकारसंग वार्ता शुरु गर्न गैरआवासीय नेपाली संघयुके नेपाल सरकारसंग जोडदार माग गर्दछ । ४. लगानी मैत्री बातावरण निर्माण गर्ने सम्बन्धमा  गैरआवासीय नेपालीहरु नेपालको समग्र विकासमा सहभागी हुन चाहन्छन् । नेपालको औद्योगिक तथाव्यापारिक नीति,  बैकिङ्ग प्रणाली, कर प्रणाली तथा लगानि र प्रतिफलसंग जोडिएका कानुनीझन्झटहरुलाई हटाउन गैरआवासीय नेपाली संघको समेत संलग्नतामा कानुन तथा नीतिगतविषमताको अध्ययन र आवश्यक  पुनरावलोकन गरी नेपालको आर्थिक तथा भौतिक विकासमागैरआवासीय नेपालीहरुको योगदानलाई बढाउन अनुकूल वातावरण तयार पार्न गैरआवासीय नेपालीसंघ युके नेपाल सरकारसंग जोडदार माग गर्दछ । ५. अध्ययनका लागि बेलायत आउने विद्यार्थिहरुका सम्बन्धमा  नेपालबाट बेलायतमा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुले अध्ययन तथारोजगारीको समुचित मौका नपाएको तथा उनीहरुको दैनिकी जटिल बन्दै गैरहेका जानकारीहरुआइरहेका छन् ।  कतिपय अवस्थामा भाषा लगायतको अयोग्यता तथा अपर्याप्त  कागजातका कारण बेलायत प्रवेशमासमेत रोक लगाइएर फर्काइएको अवस्था छ । यी सबै समस्या कुनै न कुनै रुपमा नेपालमा रहेकाएजेन्ट (दलाल) को गलत सल्लाहले भूमिका खेलेको छ भने शैक्षिक यात्राका नाममा नेपालीयुवाहरुको भविष्य माथि खेलवाड गर्ने शैक्षिक ब्यापारीहरुलाई नियमन गर्ने सरकारको कठोर नीतिकोपनि अभाव छ ।  अतः वैदेशिक अध्ययनका लागि सहजीकरणका लागि खुलेका संस्थाहरुलाई कठोर नियमन गरीजिम्मेवार बनाउन तथा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको भविष्य सुनिष्चित गर्न आवश्यककदम चाल्न गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसंग जोडदार माग गर्दछ । भवदीय प्रेम गाहा मगर अध्यक्ष गैर आवासीय नेपाली संघ यूके नारायणदत्त कडेल उपाध्यक्ष गैर आवासीय नेपाली संघ, यूके तथा  संयोजक कानून विभाग

  • मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ । संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग संयुक्त रुपमा अन्तरकृया गरिने एनआरएनए यूकेका...

  • आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ । विशेष गरी केही समययता निकै चर्चामा...

  • पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन  डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको...

  • एनआरएनए यूकेलाई आचार्यले पत्र पठाए

    एनआरएनए यूकेलाई आचार्यले पत्र पठाए

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई कुल आचार्य नेतृत्वको एनआरएनए केन्द्रीय समितिले एक औपचारिक इमेल सम्प्रेषण गरेको छ । गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित...

  • एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    एनआरएनए इङल्याण्ड परिषदद्धारा लिभरपूल काउण्टी काउन्सिल गठन

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इङल्याण्ड राज्य परिषदले इङल्याण्डको उत्तरपश्चिम क्षेत्र मर्सीसाइडमा आफ्नो काउण्टी काउन्सिल गठन गरेको छ । एनआरएनएलाई बिकेन्द्रीकृत गर्दै लैजाने प्रयासस्वरुप इङल्याण्ड राज्य परिषदले लिभरपूर काउण्टी काउन्सिल गठन गरेको हो । लिभरपूल काउण्टी काउन्सिलको कार्यसमितिमा...

Page 2 of 512345