March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ ।

गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन  डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको र समाजमा भ्रामक समाचार फैलाइ रहेको गुनासोसहित गत ७ नाेभेम्बरमा ह्याम्प्सायरमा प्रहरीमा उजुरी दिएका थिए ।

Advertisement

एनआरएनए यूकेले अल्डरसट प्रहरी कार्यालयमा गत ७ नाेभेम्बरमा दिएको उजुरी पत्र ।

साे उजुरी उपर प्रहरीले अनुसन्धान अगाडिको बढाएको अध्यक्ष मगरले बताए । ‘म लामो समयसम्म नेपाल भएर प्रहरीले खाेजेकाे बेला उपलब्ध हुन सकिनँ । अब प्रक्रिया अगाडि  बढेको छ,’ उनले भने, ‘चरित्र हत्याको र समाज विभाजन हुनेछ गरी पत्रकार शर्माले गरिरहेको गतिविधि आपत्तिजनक छ । कानूनी कठघरामा उभ्याएर त्यस्तो प्रवृत्ति राेक्ने मेरो प्रयास हाे ।’