May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आइसीसी सदस्यद्धय सिंखडा र गुरुङको पदबाट एनआरएनए यूकेलाई पाँच लाख रुपैयाँको भार

आइसीसी सदस्यद्धय सिंखडा र गुरुङको पदबाट एनआरएनए यूकेलाई पाँच लाख रुपैयाँको भार

‘जो गाउँको मुखिया उही बाटो हगुवा’ भने झैं एनआरएनए यूकेका मनोनित आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले आफ्नो निर्वाचन दस्तुर नबुझाएर संसारलाई चकित पारेका छन् ।

स्मरण रहोस्, भक्त गुरुङ एनआरएनए यूकेको २००९–११ कार्यकाल र राम शरण सिंखडा २०११–१३ कार्यकालका महासचिव हुन् ।

Advertisement

मनोनित पदवाहकहरुले पनि निर्वाचित पदवाहकहरुकै बराबर निर्वाचन दस्तुर तिर्न पर्ने संघको नियम छ । तर दुवै जनाले त्यसप्रति रुची नदेखाएपछि आज यो समाचार सतहमा आएको हो ।

‘जसको शक्ति उसको भक्ति’ भने झैं बेलायतका मै हुँ भन्ने नेपाली पत्रकारहरु पनि एनआरएनए यूकेको संस्थापन पक्षप्रति ‘त्वं शरणम’ भएपछि सत्यका पक्षधरहरुले युरोपकै स्पेनबाट सञ्चालित खबरपत्र राइट्स नेपालबाट आज समाचार प्रकाशमा ल्याएका छन् ।

Invoice sent to ICC Member Ram Sharan Simkhada

राइट्स नेपालले भनेको छ, – “गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा चुनाव लड्न कहिले हिम्मत नगर्ने तर जहिले पनि मनोनित पद खोजेर संघमा भाडभैलो गर्नेहरुको बिगबिगी रहदै आएको छ ।”

त्यस्तै समाचारमा आइसीसी सदस्य सिंखडालाई संघमा “सधै भाडभैलो मच्चाउने” “टिके” र “मनोनितहरुका नाईके” भनिएको छ भने अर्का सदस्य भक्त गुरुङलाई एनआरएनए यूकेका वर्तमान अध्यक्ष पूनम गुरुङको नजिकको नातेदार भएको फाइदा लिन पन्ध्र सय पाउण्ड दस्तुर नबुझाएको आरोप छ ।

दुवै सदस्यहरुबाट निर्वाचन दस्तुर तीन हजार पाउण्ड असुल नभए एनआरएनए यूकेलाई झण्डै पाँच लाख रुपैयाँ बराबर घाटा हुने पक्का छ ।

योग कुमार फगामी कार्यकाल (२०१७–१९) मा भएको भनिएको ‘चार करोड रुपैयाँ बराबरको आर्थिक घोटाला” बारेमा छानवीन भइरहँदा र उक्त यथार्थलाई ‘वर्तमान समितिले ढाकछोप गर्न खोजेको’ आरोप आइरहँदा आजको यो समाचारले एनआरएनए यूके अब कतातिर गइरहेको छ भन्ने प्रश्न पुनः उठाएको छ ।