May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

“राजनीति गर्नेहरुले जे बोल्छन् त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन्” भन्ने कुरा एनआरएनए यूकेका आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले सावित गरिदिएका छन् ।

एनआरएनए केन्द्रको सदस्यको रुपमा मनोनित भएपछि एनआरएनए यूकेलाई बुझाउनु पर्ने दस्तुर तीन हजार पाउण्डको दायित्व छल्न खोजेपछि सिलौटी टाइम्स लगायत युरोपका अन्य नेपाली अनलाइनहरु उनीहरुका पिछा लागेका छन् ।

Advertisement

Invoice to Ram Sharan Simkhada

तर निजहरुले आइसीसीलाई एक लाख रुपैयाँ बुझाएको रसिद सोमबार साँझ सञ्जालहरुमा पेश गरेर एनसीसी यूकेको दायित्वबाट पन्छिन खोजेपछि हाल जारी ‘रामशरण–सिंखडा–भक्तगुरुङ–तीनहजार–पाउण्ड–झ्वाम’ काण्डले आजबाट झन् उग्र रुप लिएको छ ।

“निजहरुले आइसीसीलाई एक लाख रुपैयाँ बुझाएको रसिद पेश गरेर एनआरएनए यूकेप्रतिको आ–आफ्नो पन्ध्र सय पाउण्ड दायित्व बुझाएँ भन्नु भनेको हत्केलाले सूयलाई छोप्ने कुचेष्टा गर्नु हो; दिउँसै रात पार्न खोज्नु हो”, रोषपूर्ण आवाजमा एनआरएनए यूकेका एक जना कार्यसमिति सदस्यले सिलौटी टाइम्सलाई भने ।

हुन पनि एउटा वेग्लै दायित्वका लागि आइसीसीद्धारा जारी ‘इन्भोइस्’ मिति २४ जनवरीमा भुक्तानी गरेको रसिद देखाएर सदस्यद्धयले एनसीसी यूकेले २७ जनवरीमा जारी गरेको ‘इन्भोइस’ भुक्तानी गरिसकेको झुठो दावा गरेका छन ।

मिति 27/1/2020 जारी NRNA UK को दायित्वबाट पन्छिन सदस्यद्धय Bhakta Gurung र Ram Sharan Simkhada ले मिति 2741/2020 मा ICC लाई बुझाएको वेग्लै रसिद पेश गरेका छन् ।

त्यसरी आइसीसीलाई एउटा वेग्लै सन्दर्भमा बुझाएको एक लाखको रसिद देखाएर सदस्यद्धय भक्त गुरुङ र राम शरण सिम्खडाले एनसीसी यूकेको पन्ध्र सय पाउण्ड बुझाएको भन्नु भनेको सिधै उधो बगाएर उभो खोज्न लाउनु जस्तै भएको धेरैको ठम्याई छ ।

एनआरएनए यूकेको कार्यकाल २०१७–१९ मा भएको भनिएको ‘चार करोड रुपैयाँ आर्थिक घोटाला काण्ड’ कानूनको कठघरामा पुगेको बेला फेरि ‘सिंखडा–भक्तगुरुङ–तीनहजार–पाउण्ड–झ्वाम काण्ड’ ले स्थान पाउनुले बेलायतवासी नेपालीहरुका लागि मात्रै नभएर सिंगो एनआरएनए अभियानमा ठूलो धक्का लागेको छ ।

“यो एनआरएनए यूकेका १४ हजार जना सदस्यहरुप्रतिको ठाडो विस्वासघात हो” – एक जना पदाधिकारीले सिलौटी टाइम्सलाई बताए ।

सम्बन्धित समाचारहरु: