May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका

सिंखडा र गुरुङले चुनावी दस्तुरका लागि बुझाएको बैंक चेक ‘बाउन्स’ भएको आशंका

एनआरएनए यूकेका लागि आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले निर्वाचन दस्तुर नबुझाएको भन्ने खबर छ्याप्छ्याप्ती आइरहँदा दुई सदस्यहरुमध्ये एकले सामाजिक सञ्जाल मार्फत आफ्नो बचाव गरेका छन् ।

गत आइतबार युरोपबाट प्रकाशित हुने दुई अनलाइन खबरपत्रहरु राइट् नेपाल डट कमले र त्यसको लगत्तै सिलौटी टाइम्स डट कमले कम्तिमा दुई आइसीसी सदस्यद्धयहरुले चुनावी दस्तुर नबुझाएको खबर प्रकाशित भएपछि एनआरएनए यूके वृत्तमा उक्त विषयले चर्चा पाएको छ ।

Advertisement

तर आइसीसी सदस्य भक्त गुरुङले भने सोमबार साँझ आफ्नो फेसबूक स्ट्याटस मार्फत उक्त समाचारहरुको खण्डन गरेका छन् । उनले “आफूले आइसीसी सदस्य मनोनित भएपछि शुल्क नतिरेको भन्ने समाचारहरु भ्रमपूर्ण” भएको भन्दै एक रकम भुक्तानीको एक रसिद पेश गरेका छन् ।

उनले स्ट्याटसमा भनेका छन् – “समाचार माध्यमहरुले समाचार प्रकाशन गर्नु पूर्व सम्बन्धित ब्यक्तिसंग जानकारी लिएर सत्यतथ्य बुझेर मात्र समाचार बनाउन अनुरोध गर्दछु। अन्यथा कानुन बमोजिम अघि बढ्न बाध्य हुनेछु।”

Facebook status of Mr Bhakta Gurung

तर एनआरएन यूकेले किन सम्बन्धित व्यक्तिहरुको नाममा इन्भोइस जारी गर्यो भन्ने विषयमा गुरुङले चित्तबुझ्दो जवाफ पेश गर्न सकेका छैनन् ।

यस विषयसंग सम्बन्धित अर्का आइसीसी सदस्य राम शरण सिंखडा भने यो समाचार तयार पार्दासम्म सामाजिक रुपमा मौन छन् ।

यस बारेमा विशेष जिज्ञासाको चुरो के पनि हो भने भुक्तानीको रसिद हेर्दा कम्तिमा एक सदस्यले चुनावी दस्तुर एनआरएनए यूकेलाई नबुझाएर सोझैं आइसीसीलाई बुझाएको देखिन्छ । तर चुनावी सवालमा मनोनित सदस्यहरु प्राथमिक रुपमा आइसीसीप्रति जवाफदेही नभएर आ–आफ्नो एनसीसीप्रति जवाफदेही हुन पर्ने नियम रहिआएको छ ।

यदि त्यसो हो भने सदस्य भक्त गुरुङले बेलायती मुद्रामा भुक्तानी गर्नु पर्ने रकम नेपाली रुपैयाँमा भुक्तानी गरेको र बेलायतमा भुक्तानी गर्नु पर्ने रकम नेपालमा गरेको स्पष्ट देखिन्छ । सोही कारण एनआरएनए यूके चिढिएर नयाँ स्मरण–पत्र (रिमाइण्डर) जारी गरेको हुनसक्छ ।

त्यस्तै उनले बुझाउन पर्ने १५०० पाउण्डको नेपाली मुद्रा हिसाव गर्दा कम्तिमा सवा दुई लाख रुपैयाँ हुन पर्नेमा एक लाख रुपैयाँको मात्र भुक्तानी देखिन्छ ।

यसबाट तीन वटा के कुराहरु स्पष्ट हुन आउँछन् भने आइसीसी सदस्य गुरुङले भूक्तानीका लागि बुझाएको पैसा कि त वास्तविक थिएन वा त बाँकी शुल्क भुक्तानीका लागि जम्मा गरिएको बैंक चेकमा यथेष्ट पैसा थिएन वा कम्तिमा पनि उनले बाँकी सवा एक लागि रुपैयाँ बराबरको रकम भुक्तानी आजसम्म गरेका छैनन् ।

आइतबार अनलाइन सिलौटी टाइम्समा प्रकाशित सम्बन्धित समाचारको लिंकः https://silautitimes.com/2020/11/30/6745/