April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पेन्नी फर नेपालका संस्थापक बाल कृष्ण दाहालले एनआरएनए यूकेको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिने

पेन्नी फर नेपालका संस्थापक बाल कृष्ण दाहालले एनआरएनए यूकेको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिने

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवौं अधिवेशन नजिकिंदै मिडिया मार्फत उम्मेद्वारी घोषणा गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यसै क्रममा रेडिङ निवासी एक युवा बाल कृष्ण दाहालले संघको आगामी कार्यकाल (२०२१–२३) का लागि कार्यसमिति सदस्यमा उठ्ने कुरा सिलौटी टाइम्सलाई बताए ।

बिगत झण्डै बीस बर्षदेखि बेलायतमा रहँदै आएका बाल कृष्ण दाहालको नेपाल पुर्ख्यौली घर काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका हो । ‘पेन्नी फर नेपाल’ संस्थाका संस्थापक सदस्य तथा बोर्ड सदस्य समेत रहेका दाहालले आफ्नो सोही संस्था मार्फत र व्यतिगत रुपमै पनि नेपाल र नेपालीहरुको सहयोग सधैं गर्दैआएको बताउँछन् ।

Advertisement

“बिगत लामो समयदेखि लगातार समाज र सामाजिक काममा निश्वार्थ भावनाले काम गर्दै आएका छु । बिगतमा मैले गरेका सोही योगदानहरुका कारण आफुसंग जोडिन पुगेका अग्रजहरु र इस्टमित्रको सल्लाह अनुसार मैले उम्मेद्वारी दिने निर्णय गरेको हुँ,” उनले सिलौटी टाइम्सलाई बताए ।

उनले आफ्नो इमान्दारिता, विवेक, अनुभव, ज्ञान, सीप र क्षमताको सदुपयोग गरेर समाजप्रति अझ जिम्मेवारी हुने पनि प्रतिवद्दता जाहेर गरे ।

कोभिडको महामारीमा पनि देश–विदेशमा समस्यामा परेका नेपालीहरुलाई ब्यतिगत एबम संस्था मार्फत सहयोग गरेको र हालसालै नेपालमा पेन्नी फर नेपालको सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको निर्माण सम्पन्न भएको उनी बताउँछन्। नेपालमा विनासकारी भुकम्प जाँदा होस् वा अरु कुनै प्राकृतिक प्रकोपहरुमा, उनले पेन्नी फर नेपाल मार्फत बिभिन्न सहयोगहरु गर्दै आएको गर्वका साथ बताउँछन्।

दाहाल यदि आफू कार्यकारिणी सदस्यमा निर्वाचित भए एनआरएनए यूकेको विद्यमान आर्थिक पारदर्शीताको प्रश्नलाई हल गर्न नेतृत्व र कार्यसमितिमा पहल गर्ने बताउँछन् । त्यस्तै उनको प्रमुख एजेण्डामा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई पनि समेटेर नेपाल र नेपालीप्रति लगाव बढाउन र भविष्यमा उनीहरुकै नेतृत्वमा संस्था निर्धक्कसित हस्तान्तरण गर्न सकिने वातावरण बनाउन लागि पर्ने बताएका छन् ।