April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पूर्व गोर्खा चन्द्रकुबेर आङ्बुहाङ एनआरएनए यूकेको कार्यसमिति सदस्यमा उठ्ने

पूर्व गोर्खा चन्द्रकुबेर आङ्बुहाङ एनआरएनए यूकेको कार्यसमिति सदस्यमा उठ्ने

लण्डन । गैर-आवासीय नेपाली संघ यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनमा चन्द्रकुबेर आङ्बुहाङले उम्मेदवारी दिने बताएका छन् । इङल्याण्डको बेजिस्टोक निवासी आङ्बुहाङ किराँत याक्थुङ चुम्लुङ यूके बेजिङस्टोक शाखाका पूर्व सचिव हुन् । विगत लामो समयदेखि एनआरएनए यूकेको सदस्य रहँदै आएको भएपनि निर्वाचनमा भने उम्मेदवारको रुपमा पहिलो पटक भाग लिंदैछन् ।

समुदायबाट एनआरएनको मूल अभियानमा कम सहभागी भइरहेको सन्दर्भमा आफ्नो उम्मेद्वारीले त्यसमा सुधार ल्याउने आशाका साथ उनी चुनावमा होमिएको बताउँछन् । यदि चुनाव जितेर कार्यसमितिमा प्रवेश पाए एनआरएनए यूकेलाई समावेशी बनाउँदै पूर्व गोर्खाको मुद्दाहरुमा केन्द्रित भएर काम गराउन पहल गर्ने योजना छ ।

Advertisement