April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

तेह्रथुम । याक्थुङ लिम्बु भाषाको गीत सङ्गीतका क्षेत्रमा सक्रिय रहेकी सर्जक रीता फोम्वो ‘ठूली’ को नाम नौलो होइन । बेलायतमा रहेर पनि उनले याक्थुङ भाषा र संस्कृतिलाई गीत संगीतमार्फत् उनले निरन्तर पस्किरहेकी छिन् ।

याक्थुङ लिम्बु समुदायमा चर्चित गायन विधाका रूपमा रहेको पाःलामको सङ्ग्रह समेटिएको निङ्वासुम पाःलामको पाँचौ भाग ल्याउने तरखरमा गीतकार एवम् गायिका फोम्वो लागेकी छिन् । हाल बिदाका क्रममा स्वदेशमा रहेकी फोम्वोको निङ्वासुमको पाँचौ भागको गीतको भिडियो छायाङ्कन केही दिनअघि मात्र सम्पन्न भएको छ । गीतको छायाङ्कन तेह्रथुमको विभिन्न पर्यटकीय तथा रमणीय क्षेत्रहरूमा भएको निर्देशक हाङ चेम्जोङले सिलौटी टाइम्सलाई जानकारी गराए । तेह्रथुम नै पुख्र्यौली घर भएकी फोम्वोकै शब्द र लय सङ्कलन रहेको गीतमा लिम्बुवानकी स्वर किन्नरी उपमा पाएकी मनु नेम्वाङको स्वर सुन्न सकिन्छ । नेम्वाङलाई अहिलेका लोकप्रिय पाःलाम गायकद्वय सुमन लिम्बु र जीवन केदेमले साथ दिएका छन् । उनीहरू दुवै सन् २०२० मा आयोजना भएको पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितको उत्कृष्ट दशमा परेपछि चर्चामा आएका गायकहरू हुन् ।

Advertisement

भिडियो छायांकनका क्रममा कलाकारहरु ।

पाःलामबाट विगतमा बिताएका यादगार क्षणहरूको स्मरण गरिएको पाःलाम गीतका रचनाकार फोम्वोले बताइन् । भिडियोको छायाँकारमा देवराज सिग्देल(मोती), श्रङ्गारमा सोम मग्राती, ड्रोन चालकमा नागीन धिमाल र यातायातमा ओझाहाङ चेम्जोङ रहेका छन् । त्यसैगरी, भिडियोमा अभिनय गर्नेहरूमा अहिलेकी चर्चित कलाकार एवम् उद्घोषक च्यापतेकी आमा उर्फ पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम फुङजेला, सुमन लिम्बु, रीता फोम्वो ठूली, तुलसी कन्दङ्वा, गंगा कन्दङ्वा, धनकुमार कन्दङ्वा, गीता कन्दङ्वा, लक्ष्मी कन्दङ्वा, संगीता कन्दङ्वा, बालकुमार कन्दङ्वा, चन्द्रकुमार कन्दङ्वा, मनकुमार कन्दङ्वा रहेका छन् । छायांकनका क्रममा तेजमान कन्दङ्वा, रोहित कन्दङ्वा र कविता फोम्वोले विशेष सहयोग गरेका छन् । गीत फोम्वो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङले बताए ।