March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युद्ध साहित्य गोष्ठी सम्पन्न

युद्ध साहित्य गोष्ठी सम्पन्न

लन्डन । १३ जना गोर्खा भी.सी. को सम्झनामा जुम भर्चुअल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्बर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।

प्रथम दिनको कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि पूर्व राजदुत महामहिम लोक बहादुर क्षेत्री थिए । उनी स्वयम् भी.सी. शेरबहादुर थापा क्षेत्रीका नाति हुन् । मन्तव्यको क्रममा उनले गोर्खा सम्बन्धी युद्ध साहित्यलाई साँगठनिक तरिकाले अघि बढाएर हाम्रा स्कुल तथा विश्वविध्यालयमा पढाइनु पर्ने बताए। कार्यक्रममा भेष थापाद्वारा निर्मित भी.सी. शेरबहादुर थापा क्षेत्रीको समाधिस्थल स्यानमारिनोको बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।

Advertisement

दाेस्राे दिनका सहभागीहरू ।

दोस्रो दिनको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी प्रमुख अतिथि रहेका थिए । विशेषत: यो गोष्ठी सेवारत गोर्खा सैनिकलाई लक्षित गरिएको थियो । अध्यक्ष सुरेन्द्र आफैँ पनि सेवारत भारतिय सैनिक हुन् । विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ श्रद्धाञ्जली अर्पण गर्दै युद्ध सृजनाहरु- कविता/गित/गजल/मुक्तक वाचन गरेर कार्यक्रम सम्पन्न भएकोमा आफू अतिनै प्रभावित भएको बताउदै, यो एक ऐतिहासिक कार्य भएको उनलेे बताए ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, भारतिय गोर्खा पल्टन, गोर्खा रिजर्भ युनिट ब्रुनाई, सिङ्गापुर पुलिसमा सेवारत गोर्खाली, नेपाल प्रहरी, नेपाली सैनिकमा सेवारत सैनिक साथै अन्य नेपालि साहित्य सघहरुमा आवद्द स्रजकहरुको उत्साहजनक अनि उल्लेखनीय सहभागिता थियो ।

सिर्जना वाचनका साथसाथै युद्ध साहित्य उपर विमर्श पनि गरिएको थियो । प्रमुख वक्ताको रुपमा साहित्य अकादमी पुरस्कार विजेता विक्रमवीर थापा थिए भने युद्ध उपन्यासमा विध्यावारिधि गरेका डा भूपेन घिसिङले पनि यस विषयमा आफ्ना महत्वपूर्ण विचार राखेका थिए । त्यसैगरी, असम राईफलमा सेवारत सैनिक कवि विशाल के.सी. ले पनि आफ्नो विषेश मन्तव्य राख्दै सृजना वाचन गरेेका थिए ।

वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसलाइ पारेर आयोजना गरिएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान थिए । गोर्खालीको गौरवशाली इतिहासलाई साहित्यको मार्फत आम पाठकमाझ ल्याउन सेवारत सैनिकले नै कलम चलाउनु पर्छ र यसको लागि पल्टनले नै प्रोत्सान गरिनु पर्छ भन्ने संयाेजक हितानकाे धारणा रहेको थियो । सन् २०२१ देखि पहिलोचोटि ‘गोर्खा हिस्ट्रि मन्थ’ को अवधारणा अघि सारिएको वाँहाले वताउदै गोर्खालीका युद्ध इतिहासलाई नेपाली साहित्यका तप्का तप्कामा सबैले बिचार बिमर्श गरिन पर्छ र यी बिषयस्तुलाई साहित्यमा ढालेर जनमानसमा पस्किन सक्नु पर्छ भन्ने उनको कथन थियो ।

विश्व नेपाली साहित्य महासंघ-पश्चिम यूके शाखा र विश्व नेपाली साहित्य महासंघ-दक्षिण यूके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिनको कार्यक्रमको सभापतित्व वि.ने.सा.म. पश्चिम शाखाका अध्यक्ष लालशुन्दर राईले गरेका थिए । उपाध्यक्ष भरत लोहरुङ राईले स्वागत मन्तब्य दिएका भने कार्यक्रम संचालन सचिव शान्ती लिम्बूले गरेकी थिइन् । कार्यक्रमको उद्घघाटन सुरेन्द्र इङनामद्वारा रचित ‘लाहुरेको कथा’ गीतको भिडियो प्रदर्शन गरेर गरिएको थियो ।

गाेरखा हिस्ट्री मन्थकाे लाेगाे ।

दोस्रो दिनको कार्यक्रमको अध्यक्षता वि. ने. सा. म. दक्षिण यूके शाखाका अध्यक्ष विजय हितानले गरेका थिए । उपाध्यक्ष थिर थापाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन सचिव अमित थेवेले गरेका थिए । भरत लोहरुङ राईद्वारा रचित ‘बिहानीको झुल्के घाम’ गितको भिडियो प्रदर्शन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।