April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

लन्डन । अंग्रेजी संवत् नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै बेलायतमा रहेका नेपाली सर्जकहरूले शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । नयाँ साललाई सिर्जनात्मक बनाउने उद्देश्यले सर्जकहरूले साहित्यिक गतिविधि गरेका हुन् ।

विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके तथा पश्चिम यूकेको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम गरिएको विनेसाम दक्षिण यकेका अध्यक्ष विजय हितानले बताए । सन् २०२१ लाई बिदाई गर्दै २०२२ लाई स्वागत गर्न मध्यरातमा भर्चुअल रूपमा जुममा भेला भएर सर्जक एवम् कलाकारहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा विजय हितान, औतारी साइला, चिम्खोल काईला(दूत पुन), गंगा भण्डारी, सनिता राई कन्दङ्वा, रमेश दाहाल, गोमा राना, देवी आले, जानु काम्वाङ लिम्बु, कोमल मल्ल, लाल सुन्दर राई, लाहाङ चेम्जोङ, नानु राना, भरत लोहोरूङ, मिन बहादुर राना, लीला सेलिङ माबो, माया गुरूङ, अमित थेवे ‘मिहाङ’ लगायतले सिर्जना वाचन गरेका थिए ।

Advertisement

त्यस्तै, वासु शर्मा, अहिल्या कुँवर, जित बहादुर छन्त्याल, मोहन आचार्य ‘जल्लाद’, मोहन कुमार श्रेष्ठले रचना सुनाएका थिए । कार्यक्रममा गोमा राना, भरत कुमार श्रेष्ठ र मीन बहादर रानाले गीत गाएका थिए भने जानु काम्वाङ लिम्बुले बिनायो बजाएर आफ्नो कला प्रस्तुत गरेकी थिइन् । सो कार्यक्रम हितानले सञ्चालन गरेका थिए ।