April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

लन्डन । बेलायती संसद हाउस अफ कमन्समा आज साेमबार पूर्व गाेरखा सैनिकहरूकाे पेन्सन लगायतका सुविधाबारे सुनुवाइ हुँदै छ । यसअघि, पूर्व ब्रिटिस गाेरखा सैनिकका पेन्सन, भत्ता लगायत अन्य सुविधाका विषयमा संसदमा छलफल गर्ने सहमति भएअनुरुप छलफल हुन लागेको हाे ।

बेलायतको स्थानीय समयअनुसार साेमबार बेलुकी ४ बजे तल्लो सदनमा बहस हुन लागेको हाे । गत जुलाई अन्तिम सातादेखि अगष्टकाे पहिलो सातासम्म गाेरखा सत्याग्रह संयुक्त संघर्ष समितिआबद्ध पूर्व सैनिक र समर्थकहरूले बेलायती प्रधानमभभभभभडन्त्रीकाे कार्यालय १० डाउनिङ स्ट्रिटअगाडि रिले अनसन गरेका थिए । त्यसपछि पनि मागहरूकाे सुनुवाइ नभएपछि १३ बुँदे माग राखेर आन्दोलन थालेका समितिका अभियन्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेले अगष्ट ७ देखि १८ सम्म आमरण अनसन बसेका थिए । बेलायती रक्षा उपमन्त्री डाेर्टी, तत्कालीन बेलायतका लागि नेपाली राजदूत लाेकदर्शन रेग्मीको उपस्थितिमा डिसेम्बरमा दुई देशबीच कूटनीतिक स्तरमा वार्ता गर्न उच्चस्तरीय समिति निर्माण गर्ने सहमति भएपछि अनसन स्थगन भएको थियाे ।

Advertisement