April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाल्गुनन्द, आत्मनन्द, किरात धर्म याक्थुङ लिम्बुका लागि अफापसिद्ध झैं हुन् त ?

फाल्गुनन्द, आत्मनन्द, किरात धर्म याक्थुङ लिम्बुका लागि अफापसिद्ध झैं हुन् त ?

फाल्गुनन्द लिङदेन

फाल्गुनन्द याक्थुङ भए पनि साधु भनिन्थ्याे । किनकि, याक्थुङ मा साधु हुँदैनन् । उनी कमण्डलु, त्रिशुल बाेकेर एकतारे बजाउँदै भिक्षा मागी हिड्थे। उनी हिन्दू जसमुनि थिए । उनकाे सुरुकाे नाम फलामसिं थियाे । हिन्दू जसमुनि भएपछि जसमुनि गुरुले उनकाे नाम फाल्गुनन्द राखिदिएकाे थियाे ।

Advertisement

एक चाेटि रविमा भाते झगडा राईहरुसँग परेपछि उनी याक्थुङहरुलाई साधु पाराकाे चालचलन सिकाउन लागे । उनकाे समूहलाई साधु साधुनि भनिन्थ्याे । त्यसपछि सत्तेहाङ भनियाे । उनले याक्थुङ लिम्बु संस्कार सुधार गर्ने भने । तर हिन्दू पाराकाे सिकाए । याक्थुङ लिम्बुमा नभएकाे शंख फुकेर, हाेमादि गरेर पुजा गर्ने चलन चलाए । सुतक र मृतक वार्ने तीन चार दिनलाई ९-१० दिन पुर्याए । उनलाई एकाध बाहेक याक्थुङहरुले साथ दिएनन् । यिनले किरात शव्द प्रयाेग गरेनन् । मुन्धुममा मिसावट गरेर याक्थुङ लिपिमा लिपिबद्ध गर्न लगाए ।

राणा हिन्दु सरकारले याक्थुङ लिम्बुहरुलाई हिन्दुकृत बनाउन फाल्गुनन्दलाई समरीतिकाे नाईके बनाएर अप्रत्यक्ष प्रयाेग गरियाे भन्ने आराेप छ ।

आत्मनन्द लिङदेन

फाल्गुनन्दकाे नाति पर्ने श्याम बहादुर जसमुनिकै नन्द जाेडेर आत्मनन्द बनाइए । साधारण परिवारका यिनलाई फाल्गुनन्दका चेलाहरुले गुरु बनाएर लारुम्बामा राखे । यिनले धेरै दान उठाएर जीवनशैली परिवर्तन गरे ।
यिनकाे पालामा साधुलाई किरातमा बदले । धर्मकाे नाम किरात राखे । याक्थुङ मुन्धुमहरुलाई आफू अनुकूल बनाउँदै किरात मुन्धुम भने ।

उनले आफूले आफैँलाई याक्थुङ नभनेर किरात भन्न रुचाए । यस समूहमा पहिले याक्थुङहरु मात्रै थिए । बिस्तारै राईहरु मिसाए । अहिले अरु जाति पनि मिसाउँदैछन् ।
उनी भरिसके सबैलाई किरात बनाउने विचारमा छन् । उनी याक्थुङ लिम्बुहरुकाे पक्षमा छैनन् । त्यसैले उनले याक्थुङकाे सट्टा किरात जाति,भाषा,लिपि भनेर प्रयाेग गर्छन् ।

आत्मनन्दकाे काेलाेनी

किरात याक्थुङ चुम्लुङ नेपाललाई आफ्नाे काेलाेनी बनाएर किरात स्वीकार्न बाध्य बनाए । हिन्द संस्थाहरुसँग सहकार्य गरी नेपाल सरकारसँग नजिक हुन पुगे । त्यहाँबाट कराेडाै बजेट ल्याएर आफ्नाे धार्मिक स्थल विकास गरे । धेरै मन्दिरहरु बनाए । उनकाे मन्दिरमा शंख फुकेर हाेमादि लगाईन्छ । उनले याक्थुङहरुकाे धार्मिक क्षेत्रमा पनि हस्तक्षेप गरेर मन्दिर बनाएका छन् । हिन्दू नेता शासकहरुसँग साँठगाँठ गरेर फाल्गुनन्दलाई राष्ट्रिय विभुति बनाउन पनि सफल भए ।

आत्मनन्दले लिम्वुवानभित्र राजनीति खेले

लिम्बुवानी नेेता सञ्जुहाङ पालुङ्वाकाे नेतृत्वमा लिम्वुवान आन्दाेलन अन्तिम चरणमा पुगेकाे थियाे । लिम्बुवानी जनताहरु लिम्बुवान हुनेमा हाईहाई थिए । वार्ताबाट भएको सहमति पनि सरकारले कार्यान्वयन गरेन । बिस्तारै सञ्जुहाङलाई नेतृत्व नदिने प्रपञ्च गाेप्य रुपमा किरातवादीले चलाए । त्यसपछि लिम्बुवान पार्टी छिन्न भिन्न भाे । कुमार लिङ्देन पनि बिस्तारै लारुम्बाबाट टाढिए । लिम्वुवानकाे शक्ति सानाे भयाे । त्यसपछि आत्मनन्द पक्षधरका किरातवादीहरुले लिम्बुवान हाेईन किरात राज्य हुनुपर्छ भनेर बाेल्न थाले । आत्मनन्दले पहिले साना कार्यकर्ताहरुलाई भन्न लगाए । त्यसपछि अलिक ठूला नेताहरुलाई भन्न लगाए । प्रदेश एककाे तथाकथित माओवादी नेता एवम् मन्त्री ईन्द्र आङ्वाे, मुख्यमन्त्री राजेन्द्र राईलाई बाेल्न लगाए । अन्त्यमा आफैँ बाेले ।
अहिले किरात धर्ममा आस्था राख्ने तर लिम्बुवान चाहनेहरु अप्ठेराेमा छन् । कतिपय विराेधमा छन् भने कतिपय माैन छन् ।

लेखक पालुङ्वा ।

आत्मनन्दकै कारण युमा धर्मकाे पुन:उदय

पहिले पनि युमा धर्म थियाे । तर आत्मनन्दले फाल्गुनन्दकाे समाज सुधार गर्दैछन् भनेर याक्थुङहरु ढुक्क बसेका थिए । याक्थुङहरुकाे सर्वाेच्च संस्था चुम्लुङले पनि कडाईका साथ किरातकै वकालत गर्न थालेपछि चुम्लुङ त आत्मनन्दकाे काेलाेनी भैसकेकाे थाहा पाए । त्यस्तै लिम्बुवान पनि एकाएक किरात राज्य हुनुपर्ने कुरा आएपछि यिनीहरुले झुक्याईरहेछन् भन्ने थाहा पाएर माैलिकवादी युवा पिढीँले स्वस्फूर्त युमा धर्मकाे वकालत गरे । याक्थुङ मुन्धुमलाई मानेर याक्थुङ सभ्यता, याक्थुङ जाति, भाषा लिपि, याक्थुङलाजे लिम्वुवानकाे वकालत गरे । किरात धर्मवाट असन्तुष्टहरुले पनि आत्मनन्दकाे विराेध गर्दै युमा धर्म र याक्थुङकाे समर्थन गरे ।
यसरी याक्थुङ जातिले आत्मनन्दकाे चलाखीहरु चाल पाएर युमा धर्म र याक्थुङ राष्ट्रियतामा जाेड दिएर लागे । अब याक्थुङ लिम्बु जातिवाट बहिष्करणमा पर्ने डरले आत्मनन्दले सबै जातिहरू एकै हाैँ भन्न थाले । यसैकाे क्रमबद्धतामा आत्मनन्दले प्रदेश एक सबै जातजातिकाे हाे । शिव र पार्वतीकाे हाे भनेर सबैलाई समेट्ने प्रदेशकाे नाम किरात सगरमाथा राख्नु पर्ने सुझाए ।

आत्मानन्दसँग याक्थुङ लिम्बुहरू रिसाए

आत्मनन्दले धर्मकाे मात्र कुरा गर्छन् भन्ने थियाे । तर राजनीतिमा ओर्लेर याक्थुङलाजे लिम्बुवानकाे समर्थनमा नबाेलेर किरात सगरमाथाबरे बाेलेपछि किरात धर्ममा आस्था राख्ने लिम्बुवान पार्टीका याक्थुङहरु धेरै बेखुसी भएका छन् । याक्थुङ जातिबाटै उचाईमा पुगेर याक्थुङ जातिकै विरुद्धमा बाेल्ने उनले गाउँकाे भूत पनि इष्ट हुन्छ भन्ने बुझेनन् । यहीँबाट उनकाे पतन शुरु भएकाे आभास मिल्न थालेकाे छ ।

किरात धर्म याक्थुङलाई फाइदा कि बेफाइदा ?

किरात जाति, किरात धर्मले याक्थुङहरुलाई बेफाइदै बेफाइदा छन् । किनकि याे धर्म याक्थुङ जातिकाे मात्र नभएर सबै जातजातिकाे बनाउने उद्देश्य छ । यसले किरात धर्म, जाति, भाषि, देश, राज्यकाे वकालत गर्छ तर याक्थुङ जात, याक्थुलाजे लिम्बुवान, युमा धर्म, याक्थुङ भाषा लिपिकाे वकालत गर्दैन । त्यसैले याक्थुङ जाति र याक्थुङलाजेकाे लागि अति बेफाईदा छ । अति हानिकारक छ । अब याक्थुङ माैलिकतावादीहरु भन्न थालेका छन् फाल्गुनन्द, आत्मनन्द र किरात धर्म याक्थुङ जातिकाे लागि अफापसिद्ध पाे हुन् कि ? समरीतिकाे निरन्तरता पाे हाे कि ?

(प्रस्तुत आलेख लेखककाे निजी धारणा हाे । सं.)