April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो ।

धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले कृतिको विमोचन गरेका थिए । डीबी खुदाङले प्रकाशन गरेको कृतिमा विभिन्न शीर्षकमा ४५ ओटा कविताहरु समेटिएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सागर केरुङले ‘नेत्तिफूङ’ कविता कृतिमाथि समिक्षात्मक धारणा राखेका थिए । कविता कृतिमार्फत लेखकले भुइँमान्छेहरुको आवाजलाई बुलन्द गर्न खोजिएको प्राज्ञ केरुङ्ले बताए ।

Advertisement