April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्षमा पुनः लिङ्देन निर्वाचित

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्षमा पुनः लिङ्देन निर्वाचित

विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्षमा पुनः कुमार लिङ्देन ‘मिराक्’ निर्वाचित भएका छन् । मञ्चको तेस्रो महाधिवेशनबाट उनी कार्यकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

धरानमा मंसिर २६ र २७ मा सम्पन्न महाधिवेशनले १८० कार्य समिति समेत निर्वाचित गरेको छ । संघीय महाधिवशेन हुनु ठीक एक दिनअघि प्रान्तीय महाधिवेशन समेत सम्पन्न भएको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चको महाविधेशबाट समेत लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement


बिहीबार सार्वजनिक भएको समितिको नामावलीअनुसार उपाध्यक्षहरूमा ज्ञानबहादुर गुरूङ, ज्ञानबहादुर इम्बुङ लिम्बु, विशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाङ्फे, चन्द्र खापुङ, इन्द्रकुमार श्रेष्ठ, विष्णु कुमार यक्सो, अम्बरबहादुर पन्धाक लिम्बु, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, टेण्डी शेर्पा, मिङ्मार लामा र कृष्णमान थेवे चयन भएका छन् । त्यस्तै, प्रवासबाट चन्द्रकुमार लिङ्देन, टंक खापुङ, शर्मिला यक्सो चयन भएका छन् । महासचिवहरूमा अशोक चेम्जोङ र शान्ता योङहाङ छन् ।

मञ्चको पत्रकार सम्मेलन ।

महाविधेशनले सात प्रदेशको संरचनाप्रति विमति जनाउँदै १० जोड एक प्रदेशको पक्षमा पुनः आफ्नो अडान दोहो¥याएको छ । त्यसैगरी, विदेशमा रहने नेपालीहरूका लागि मताधिकारको व्यवस्था गर्न समेत माग गरेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय दलका रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् २००५ मा स्थापना भएको दलले पछिल्लो संघीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्न नसक्दा राष्ट्रिय पार्टीका रूपमा स्थापना हुन सकेन । यद्यपि, प्रदेश नम्बर एकका पार्टीको एक सांसद छिन् । पार्टीबाट सांसद विष्णु तुम्बाहाङ्फे पाँच दलीय गठबन्धन सरकारमा सामाजिक विकास राज्यमन्त्री रहेकी छिन् ।

मञ्चको प्रेस विज्ञप्ति ।