March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लाजेको पुनःस्थापना नै याक्थुङ लाजेवादीहरुको लक्ष्य हुनुपर्दछ

याक्थुङ लाजेको पुनःस्थापना नै याक्थुङ लाजेवादीहरुको लक्ष्य हुनुपर्दछ

भूमिका

याक्थुङलाजे भनेको के हो ? भनेर सर्वप्रथम वुझ्न जरुरी छ । याक्थुङलाजे भनेको अरुण सप्तकोशी नदी पूर्व आसामदेखि पश्चिमको विचमा पर्ने देशको नाम थियो । जून देशको अस्तित्व वि सं १८३१ सम्म थियो । विसं १८३१ मा याक्थुङलाजे देखि धेरै पश्चिम गोरखा नामक देशले उसको राज्य विस्तारको क्रममा याक्थुङलाजेसंग सत्रौं पटकभन्दा वढी लडाई गर्दा पनि नजितेकोले गोरखाले सम्झौता गरेर उसको सह( राज्यमा वस्न आग्रह गरेको थियो । सोही वमोजिम उपनिवेश निर्माणमा याक्थुङलाजे सिमानामा आएको अंग्रेज भन्दा नजिककै गोरखा९पछिवाट नेपाल भएको०संग मिलेर वस्न उचित लागेर वसेको थ्यो ।

Advertisement

तर, त्यति सजिलै नवसी विसं १८३१ मा गोरखाले याक्थुङहरुवाट याक्थुङलाजे नखोस्ने, दिएको अधिकार नखोस्ने कसम खाएर कागज गरेकोले मात्र गोरखासंग वसेको थियो । उक्त कागजलाई तसल्ली लालमोहर भनियो । जुन लालमोहर अझै पनि याक्थुङलाजेमा रहेको छ ।

याक्थुङलाजे नै किन चाहियो ?

याक्थुङलाजे किन चाहियो ? नेपाल भए पछि सकिगो नि । किन जातीय राज्य चाहियो भनेर कुराहरु आउँछन् । तर याक्थुङलाजे जातीय राज्य होईन स्थानको नाम हो भनेर स्वयं याक्थुङ जातिले आफ्नो पृष्ठभूमि बिर्सिरहेका छन् । गैह्र याक्थुङले त विर्सने नै भए । यसबारे स्मरणका लागि निम्न बुँदाहरु हेरौं ।


१. नेपाल हुनअघि याक्थुङलाजे छुट्टै देश थियो । आजभन्दा २४७ वर्ष अघि वि.सं. १८३१ म(नेपाल) तत्कालीन गोरखा र याक्थुङलाजे बीच सम्झौता भएको थियो । सो सम्झौता अनुसार याक्थुङलाजे उच्च स्वायत्ता सहित नेपाल अन्तर्गत रहने थियो । सोही मुताविक याक्थुङलाजे सञ्चालित थियो ।
बिस्तारै नेपालको विभिन्न शासकहरुले उक्त सम्झौतालाई विर्सिएर स्वायत्तता समाप्त पारे ।
२. याक्थुङलाजेको स्वायत्तावारे या स्वशासनवारे नेपालको राजा तथा शासकहरुले नवीकरण गरिरहेका थिए वि.सं. २०१७ सालसम्म र स्वशासन याक्थुङ लाजेको सीमित क्षेत्र संखुवासभामा वि.सं. २०५४ सालसम्म थियो ।
३. याक्थुङ लाजेलाई नेपाल सरकारले बोल्न र बोलाउन सजिलोका लागि लिम्बुवान भनेर सम्बोधन गरेको पाईन्छ । याक्थुङलाजे र लिम्बुवान एउटै ठाउँको नाम हो ।
४. याक्थुङ लाजे जातीय नाम होईन स्थानको नाम हो । यहाँ बहुजातिको बसोबास गर्दछन् । यसर्थ याक्थुङ लाजे (लिम्वुवान) वि.सं. १८३१ को नेपाल(याक्थुङ लाजे) सन्धी सम्झौता मुताविक नेपालको सह–राज्य थियो र अहिलेको संघीय नेपालमा सह–राज्य हुने यथेष्ट आधार रहेकोले सह–राज्य संविधानसम्मत बनाइनु पर्दछ । अर्थात् सह–राज्य पूनःस्थापना गरिनु पर्दछ ।

याक्थुङ लाजे पूनःस्थापना गर्न के गर्नुपर्छ ?

१. तत्कालीन याक्थुङ लाजे बारे याक्थुङहरु अनविज्ञ छन् । उनीहरुलाई विज्ञ बनाउनु पर्दछ । अर्थात् सचेत बनाउनु पर्दछ ।
२. याक्थुङ लाजेवादीहरु नै याक्थुङ लाजेको लक्ष्य प्राप्तिमा अस्पष्ट छन् । स्पस्ट भएर अघि बढ्नु पर्दछ ।
३. याक्थुङ लाजेवादीहरु एक ठाउँमा आउनु पर्दछ । अनि सरकारलाई दबाब दिनु पर्दछ ।
४. सरकारलाई दबाब दिनअगाडि नेपालका पार्र्टी छिमेकी राष्ट्र, विभिन्न अन्तराष्ट्रिय नियोग आदिसँग पनि सम्बन्ध स्थापित गर्नु पर्दछ ।

यी माथिको रणनीति अपनाएर अघि बढेमा याक्थुङ लाजे पुनःस्थापना चाँडै हुनेछ ।