April 14, 2025, Monday
२०८२ बैशाख १, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

फेदेन(पान्थर) । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिको समायोजन कार्यक्रम सम्पन्न भएको छ । समायोजन एवम् भेलाले खगेन्द माखिमको अध्यक्षतामा कार्य समिति समेत गठन भएको छ ।

पान्थरको फेदेनमा भएको समायोजनले उपाध्यक्षहरूमा प्रेमराज लाओती, सरस्वता(सरु)सिंगक, जेन्टल लाओती(डम्बर), सरकुमारी आठपरिया, एविराज आङ्देम्बे छन् । त्यस्तै, मुख्यसचिवमा केदार धिमाल, सचिवमा शर्मिला आङदेम्बे, सन्जय मेवाहाङ, नरेन तुम्बा याख्खा, कोषाध्यक्षमा नरेन्द्र पारघरी छन् ।

Advertisement

र्‍यालीमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेताहरू ।

सदस्यहरुमा सजीव योङ्या, सङ्गम सुहाङ, हेम जवेगू, अजित धिमाल, रूद्र सुब्बा, सुवास लाबुङ, रमेश तुम्राेक, डिल्ली लिङ्दम, सेरिहाङ् लिङ्देन, बिक्रम सेर्मा, सजिना सेलिङ, रोहित आङ्बो लगायत १६८ सदस्यहरू निर्वाचित भएका छन् ।

जसपा नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईकाे प्रमुख आतिथ्यमा आइतबार भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ्, १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादव, मगरात प्रदेश राष्ट्रिय समिति एवं गण्डकी प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री पुर्मती ढेङ्गा मगर, पार्टी सल्लाहकार डा. महेन्द्र लाओती, किराँत प्रदेश राष्ट्रिय अध्यक्ष रमेश राई, शिल्पी विशेष प्रदेश अध्यक्ष दलमर्दन कामी लगायत नेताहरू उपस्थित थिए ।

पान्थरकाे या:सकमा आयाेजित जसपा, लिम्बुवान राष्ट्रिय समितिकाे सभा ।