April 11, 2024, Thursday
२०८० चैत्र २९, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरगतको संघीय विध्यार्थी युनियनको महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको पुनगर्ठन भएको छ । पुनगर्ठन कार्यक्रमले अश्विन भुजेललाई अध्यक्षमा चयन गरेको छ ।

मंगलबार भएको कार्यक्रमले अश्विन भुजेलको अध्यक्षता २९ सदस्यीय कार्य समिति र दुई सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सो महेन्द्र बहुमुखी क्याम्पस इकाई कार्य समितिको उपाध्यक्षहरुमा प्रमिला राई, कमन राई, सचिवमा झरना राई, सहसचिवमा सगुन राई, कोषध्यक्षमा सृजना लिम्बू छन् । त्यस्तै, सदस्यहरूमा मनिस महत, बविना राई, गृष्मा राई, धीरेन प्रधान, सविन त्रिखत्री, कौशिला इवाहाङ, कृष्टी योङहाङ, सुजता सम्वाहाम्फे, दिनेश सुवेदी, मन्ता सेलिङ, सृजना लिम्बू, आयुशा याक्खा, अनिशा गुरूङ, विनु कुरूम्वाङ लिम्बू, विमला लिम्बू, मनिषा लाओती, प्रतिकला लावुङ, जुली लिम्बू, दिवस थेगिम लिम्बू, विनिशा इजम, रचना लिम्बू, रेवत लिम्बू, लक्ष्मी राई छन् । त्यस्तै, सल्लाहकारहरूमा विकास राउत र मिराक लिङदेन छन् ।

Advertisement

समितिका पुर्व अध्यक्ष मिराक लिङदेनको अध्यक्षतामा भएको कार्यक्रम संघीय विध्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष राजेश इवाको प्रमुख आतिथ्यमा भएको थियो । अतिथिहरूमा संघीय विध्यार्थी युनियनका केन्द्रीय सदस्य डिल्ली लुम्फुङ्वा, सुनसरी जिल्ला अध्यक्ष अमर इजम, धरान नगर अध्यक्ष सञ्जुहाङ साँवा, धरान नगर उपाध्यक्ष मोहन तिगेला, अर्जुन खड्का, दीपक लाओती, राम कुमारी लिम्बू, धरान नगर कोषाध्यक्ष ललित पालुङ्वा लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संघीय सचिवालय सदस्य तथा संघीय विध्यार्थी युनियनका केन्द्रीय सल्लाहकार सजन याक्खाले गरेका थिए ।