March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको आयोजनामा भइरहेको भर्चुअल रनफेस्टमा सहभागी हुनेहरूको संख्या बढिरहेको छ । कार्यक्रममा सहभागिता बढाउने उद्दे्रश्यले आयोजकले फेब्रुअरी नौ तािरखसम्म म्याद समेत थप गरेको छ ।

शनिबार भर्चुअल रनफेस्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ गैरप्रतिस्पर्धामूलक रनफेस्टले मानसिक र शारीरिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने बताए । ‘महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ । भविष्यमा हामी यसलाई अझ बृहत बनाउने छौँ । भौतिक रूपमै एभरेष्ट रनका नाममा समेत निरन्तरता दिने सोँच छ,’ अध्यक्ष गुरूङले भने । उनले सहभागिता जनाएर सहयोग गर्न सबैलाई समेत अपिल गरे ।

Advertisement

यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधलाई सिर्जनात्मक ढंगले बढाएको प्रतिक्रिया दिए । उनले व्यक्ति र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेस्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्ष्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थपा सहयोग पुग्नेछ,’ अध्यक्ष मगरले भने ।
प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना पर्वाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेस्ट आयोजना गरिएको बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए । उनले थप सहभागिता वृद्धि गर्न भन्दै फेब्रुअरी ९ तारिख बिहानसम्म नाम दर्ताका लागि समयसीमा बढाइएको पनि जनाए ।

भर्चुअल रनफेस्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनका सहभागीहरु ।

उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए । ‘रनफेस्टमा ९९ प्रतिशत नेपाली मूलका समुदायबाट दर्ताका लागि अनलाइन रेजिष्ट्रेसन गरेका छौँ । हामीले तय गरेको करिब पाँच सय जना सहभागी हुने लक्ष्य थियो । जुन संख्याको निकट हामी पुग्न लागेको पनि जानकारी दिन चाहन्छाैँ ,’ उनले भने ।

रनफेस्ट अन्गर्तगत डब्लूडब्लूडटएनआरएनएड्यासइीएससीसीडटओरजीमा गएर नाम दर्ता गर्न सक्नेछन् । दर्ताका गरिसकेपछि फेब्रुअरी एकदखि १५ तारिखसम्म पाँच किलोमिटर दौडेर या हिँडेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिने एनआरएनए इङ्ग्ल्याण्ड राज्य परिषदले जनाएको छ ।

ब्रेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा. विशाल गुरूङले बताए । यसैगरी, विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको थपे ।
सहसचिव अहिल्या कुँवरले सञ्चालन गरेको कार्यक्रममा प्रवक्ता डा. विशाल गुरूङले स्वागत मन्तव्य राखेका थिए ।

https://www.facebook.com/nrnaescc/videos/290978453024648/