April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पदाधिकारीको निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएका छन् ।

विगत करिब ६ महिना लामो विवादको अन्त्य गर्दै पन्तले आइतवार संघको निर्वाचन समितिलाई ३६३४ जनाको नामावली निर्वाचन समितिका संयोजक भिमसेन बन्जारालाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

गत अक्टोवरमा तय गरिएको संघको १० औं महाधिवेशन तथा निर्वाचन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारणले रोकिएको थियो ।

गैरआवासीय संघका महासचिव डा. हेम राज शर्माले मतदाता नामवली निर्वाचन समितिमा गएको मिडियाबाट थाह पाएको बताए । उनले निर्वाचनको अर्को विकल्प नभएको बताउदै सबै महाधिवेशन प्रतिनिधिहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको क्षेत्रीय पदाधिकारी सहित ५२ पदको लागि निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

अध्यक्षका प्रत्यासी डा. केसीले निर्वाचन प्रकृयाअघि बढेको प्रति प्रसन्ता व्यक्त गरेका छन् ।

‘अध्यक्ष ज्यूले नामावली पठाउनु भयो भन्ने सुनेको छु तर हेर्न पाएको छैन्, उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा प्रतिनिधि छनोट भएको विश्वास लिएको छु’ डा. केसीले नेपालब्रिटेन डट कमलाई बताए । उनले विधानविपरीत सिफारीश भएका एक जना प्रतिनिधि पनि आफुलाई मान्य नहुने बताए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले संघको निर्वाचनमा महमतिको बाटो खुलेको प्रतिक्रिया दिएका छन् । उनले ‘लोभिपापीले उचालेर लडाउन भिडाउन सक्ने आसंका व्यक्त गर्दै महमतिको पहल थाल्न आग्रह गरेका छन् ।’