April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

पोक्लावाङ फेदापमा युमा साम्योको शाखा गठन

पाेक्लावाङ(तेह्रथुम) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदापको आयोजनामा मङ्गलबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।

लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिका उपाध्यक्षद्वय प्रा. हर्क सुब्बा इजम, येबा मानबहादुर सिरेङ, केन्द्रीय सदस्य सन्तोष कुरुम्बाङको उपस्थिति रहेको थियो ।

Advertisement

फेदाप गाउँपालिकानिवासी अग्रज तुतु तुम्याहाङ, याक्ला सुहाङ, नाली थाङ्बेन, सिसा मेन्छिन, थुङदोबा, थुङदाङबा, फेदाङमा, साम्बा, येबा-येमा, युमासाम, सिङ्साङ्गे फेरेङ्गे आदिको सहभागितामाझ याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलनको संरक्षण, सम्बद्र्धन र विकासका लागि गर्नपर्ने कार्यहरू उपर अन्तरक्रिया गरिएको थियो ।
फेदापको पोक्लाबाङका उपस्थित भेलाले अन्तरक्रियासँगै रमेश कुरुम्बाङको अध्यक्षतामा नौ जना सल्लाहकार समेत गरी उन्नाइस सदस्यीय युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदाप गठन गरेको छ । कार्यसमितिकाे उपाध्यक्षहरूमा पर्शुराम हाङस्रोङ र खड्ग बहादुर निङ्लेकु, सचिवमा तेजबहादुर पङ्याङ्गु, कोषाध्यक्षमा तेजकुमारी लिम्बु छन् । त्यस्तै, सदस्यहरूमा दुर्गा प्रसाद लिम्बु, बबिन कुरुम्बाङ, श्रीप्रसाद कुरुम्बाङ, जगतबहादुर कुरुम्बाङ र लोकमान कुरुम्बाङ छन् । त्यसैगरी, सल्लाहकारहरूमा तारामान मादेन, धनीचन्द्र चोङबाङ, टिका पङयाङगु, सुजन कुरुम्बाङ, गंगाराज मादेम्बा, लक्ष्मीचन्द्र चोङबाङ, छविलाल रिमाल, मितादेवी थापा, हरि चोङबाङ छन् ।

फेदापकाे पाेक्लावाङ, सिम्लेमा मंगलबार आयाेजित युमा साम्याे महासभाकाे भेलामा सहभागीहरू ।

महासभाकाे बुधबार आठराईकाे संक्रान्तिमा समेत पहिलो आठराई गाउँपालिकास्तरीय भेला हुँदै गरेको अभियन्ता आदाङ्बे सम्बाहाङ्फेले जनाए ।