April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), राज्य समन्वय परिषद इङ्ग्ल्याण्डकाे रेन फेस्टलाई चार्ल्टन नेपाली समाजकाे पनि साथ मिलेको छ । समाजले प्रत्यक्ष पाँच किमि दूरी दाैडेर सहयोग गरेको हाे ।

चार्ल्टन नेपाली समाजले एनआरएनए इङ्ग्ल्याण्डले सञ्चालन गरेको कार्यमलाई सहयोग गर्ने हेतुले १३ फेब्रुअरी आइतबारका दिन चार्ल्टन पार्कमा दाैडको आयोजना गरेकाे थियाे ।

Advertisement

कार्यक्रमबारे बाेल्दै एनआरएनए, राज्य समन्वय परिषद इङ्ग्ल्यान्डकी सहसचिव अञ्जु कुँवरले दाैड एउटा कार्यक्रमले समाजलाई एकै सूत्रमा बाँध्ने बताइन् । उनले स्वास्थ्यबारे जनचेतना फैलाउन रनफेस्टकाे आयाेजना गरिएको समेत थपिन् । त्यस्तै, सदस्य दीपेन्द्र सिटाैलाले चार्ल्टन समाजबाट अरू नेपाली समाजहरूले प्रेरणा लिनुपर्ने बताए ।

रन फेस्टकाे ब्यानर ।

लन्डन नेपाल न्यूजले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा करिब तीस जना सहभागी थिए । कार्यक्रममा पासा पुच: गुठी साउथ इस्ट लन्डनका अध्यक्ष माधव लाल श्रेष्ठ ,पशुपति मन्दिरका अध्यक्ष दासु राम पाण्डे ,चार्ल्टन नेपाली समाजकी अध्यक्ष रेखा बस्नेत, साहित्य परिषदका रेशम अर्याल, निवर्तमान अध्यक्ष कृष्ण खरेल, चार्ल्टन समाजका महासचिव टीएन रिजाल लगायत उपस्थित थिए ।

दाैडमा सीता अर्याल, धन बहादुर, माधवलाल श्रेष्ठ, राम पाण्डे, प्रकाश कँडेल, वसन्त खनाल, प्रकाश बस्ने, टीएन रिजाल, रेशम अर्याल, प्रभात रिजाल, कृष्ण खरेल, कमला खरेल, मिना खान, विष्णु पाण्डे, दशुराम पाण्डे, शिव भण्डारी, नारायण घिमिरे, पुकार ज्ञवाली, हरि पन्त, आनन्द लोहिनी, किरण सापकोटा, रेखा सिटौला, रेखा खरेल, रिदम बस्नेत सहभागी थिए ।