July 10, 2025, Thursday
२०८२ असार २७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको  कुरुप अनुहारहरु

चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको कुरुप अनुहारहरु

किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थपना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष खड्कजंग आङबुहाङ हुन । दुईहजार भन्दा धेरै सदस्य रहेको संस्थाको भरखरै दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

लिम्बुवानको बिभिन्न थुमबाट बसाइँ सरी यूके बसोवास गरेका ‘हामी सबै याक्थुङ हौ’ भन्ने मनोविज्ञानको विकास बाहेक यो संस्थाले खासै उपलब्धी गर्न सकेन । आपदविपदमा सरसहयोग, चुम्लुङदेन खरिद, सामाजिक र केही सांस्कृतिक भेलाहरुमा पूजाआजा बाहेक संस्थाको उद्धेश्यअनुरुप कुनै ठोस कार्यक्रमहरु छैनन । संसथाले यलम्बरहाङ कप र सिसेक्पा तङनाममा पाहुना बोलाएर भाषण र भोजमा मात्र आफ्नो सम्पूर्ण शक्ति र स्रोत प्रयोग गरि रहेको अवस्था छ । याक्थुङ समुदायको प्राथमिकतामा पर्ने भाषा, लिपि, संस्कृतिजस्ता विषयहरुमा संस्थासंग रचनात्मक दृष्टिकोण र ठोस कार्यक्रम छैन । चरम गुटवन्दीमा फसेका कारण संस्थागत विकास गर्न नसकेको चुम्लुङको कुरुप अनुहार हेर्दा आफैलाई लाज लागेर आउछ ।

Advertisement

संस्थागत विकास र नैतिक आचरणमा स्खलन
पूर्व अध्यक्षहरुसंग आप्mना उपलब्धीका लामै सूचि होलान तर तथ्यहरुले त्यस्तो देखाउदैन । खासगरी चुम्लुङमा संस्थागत विकासले गति लिन सकेको छैन । संस्थाका निर्णायक पदमा पुगेकाहरुसमेत पदीय जिम्मेवारी, काम, कर्तव्य, मान मर्यदा, अधिकार बुझेका छैनन वा बुझेरपनि उल्टो काम गरिन्छ । यूके चुम्लुङको विगत दुई दशकको इतिहासमा पटक पटक विधि, विधान, आचारसंहिता वेवास्ता गरिएका अनेकौं दृष्टान्तहरु छन ।


हरेक अधिवेशनपछि पदमा आउनसाथ आफूलाई मन नपर्नेको अधिकार काट्ने वा विभाग हटाउने भष्मासूर प्रवृति बढ्दो छ । विचार नमिल्नेको अस्तित्वनै नामेट पार्न र आफू खुशी विधान संशोधन गर्ने फाँसीवादी चरित्र नेतृत्वमा हाबी भएको छ । वर्तमान महासचिवनै फरक मत राख्ने सदस्यलाई उसको सदस्यता शुल्क लिएर संस्थाबाट बाहिरन्न निर्देशन जारी गर्छन । नेतृत्वको कतिपय चरित्रहरु याक्थुङ संस्कृति, सभ्यता, संस्कारसंग मेल नखाने एवम् सभ्य समाजले स्वीकार गर्न नसकिने जंगली युग बीउँझाउने प्रवृतिका छन ।

संस्था गतिशिलताका लागि नैतिक आचरण, विधि र विधान यसका प्रमुख अंग हुन । चुम्लुङ नेतृत्वमा रहेका र गरी सकेका केही जिम्मेवार व्यक्तिहरुनै संविधान नभएको बेलायतमा विधान जरुरी छैन भनेर काँचो तर्क गर्छन । यो देशमा एउटा सानो कामको योजना बनाउनु पर्यो वा सानो गल्ती गरे हामीले सपनामा नसोचेका यति धेरै ऐन कानुन, नियम, विनियम, विधान, नियमावलि, कार्यविधि आकार्षित हुन्छन भनेर तिनिहरुले सोचेका छैनन । समुन्नत समाज निर्माणका लागि संस्थालाई विधान अपरिहार्य छ ।

लेखक हेम्ब्या ।

विधान पछि अर्को महत्वपूर्ण पक्ष आउछ नैतिक आचरण । यो कागजमा लेखिएका वन्धनकारी नियम नभएर बिवेकले प्रयोग गरिने निश्चित सामाजिक पद्धति वा विधि हो । सबै मान्छे नैतिकवान छन भने विधान आवश्यक छैन पनि । चुम्लुङका अगुवाहरुमा नैतिक आचरण, विधि र संस्थागत अनुसाशनहीनता कारण सिंगो याक्थुङ समाज विखण्डनतिर उन्मूख छ । सभ्य समाज निर्माण गर्न विधि र विधान भन्दा ठूलो व्यक्तिमा अन्तरनिहित लाजले महत्वपूर्ण भूमिका खेल्छ । चराचर, जगत, प्रकृति, मान्छे हामी सबै नांगै छौं । चेतनाको भूणमा लाज जन्मन्छ र त्येही लाजले जीवनका मूल्य खोज्छन । चेतनाले काम गर्न थालेपछि मात्र लाज वोध हुन्छ र जहाँ लाज लाग्छ त्यँहा ढाक्नुतिर लाग्छौं । पाषण युगमा हाम्रा पुर्खाहरु जनवारसरहं नांगै हिड्थे, किनकि उनिहरुमा चेतना थिएन । आजपनि लाज नहुने मान्छेहरु समाजमा नांगै हिडि रहेका छन । यसै प्रसंगमा चुम्लुङको नेतृत्व गरी सकेको एकजना मुध्र्यन्य खताक्मीले “२१ औं शताब्दीमा आचर संहिता विपरित काम गर्न सामन्य भएकोू सगौरव विचार राखे । कमसेकम जनवारसंग सानो लाज छोपि दिने पुच्छरसम्म छ । तर हाम्रो चुम्लुङगेहरुसंग आधा लाज छोप्ने त्यो पुच्छरपनि रहेन ।


समग्रमा संस्थागत विकास हुनु भनेको संस्था संचालनका लागि लेखिएका विधान, विनियम, नियमावलीअनुसार चल्नु हो । विधानमा छुटिएका धैरै विषयहरु हुन्छन र यस्तो अवस्थामा आप्mना बिवेक प्रयोग गरिन्छ । बिना लाज सरम प्रयोग गरिने बिवेकले संस्थाको विकास गर्दैन र यो नैतिक आचरण स्खलनको पराकाण्ठा हो । नैतिक आचरण, विधि र विधान पदमा बस्ने र अन्य सबै सदस्यहरुले मान्नु पर्छ ।

अक्रमण्र्यताका श्रृङखलाहरु
चुम्लुङमा अक्रमण्र्यताका अनेकौं श्रृङखलाहरु छन । पछिल्ला केही महाधिवेशन र हरेक वैठकमा संस्थागत मान्यता विपरित एकलौटी र अप्रिय निर्णय भएका छन । आठौं महाधिवेशनमा विधान विपरित गैर सदस्य र हलमा भेला भएका गैर लिम्बू सबैले मतदान गरे । किनकि त्यहाँ आफ्नो मान्छे जिताउन विधि विधान मिच्नेहरुको नांगो बजार लागेको थियो ।


विधानमा कतै नभएको कथित सहमतिको नाममा दुई गुटका अध्यक्षले एक–एक वर्ष नेतृत्व गर्ने अर्को नांगो नाच नवौं अधिवेशनमा देखियो । सोही दिन महासचिवमा दुईजनाकोे उमेद्वारी पर्यो । अन्तमा एकले तुरन्तै पद लिने र दोस्रोले अर्को महाधिवेशनमा उपाध्यक्ष पद सुरक्षित गरेको बैना गरियो । एक कार्यकाल अघि संस्थाको महत्वपूर्ण पद खरिदको घीनलाग्दो परिदृष्य चुम्लुङमा देखियो । विधि विधान विपरित पहिल्यै सुरक्षित गरेको उपाध्यक्ष अर्कोलाई वेचेर तिनै पात्र अन्ततःएउटा प्यानलमा गएर शक्तिशाली पद महासचिव हत्याउन सफल भए ।

दशौं राष्ट्रिय महाधिवेशनमा त झन नेतृत्व हत्याउन संस्थाको भए भरको स्रोत साधन दुरुप्रयोग गरी हाक्काहाक्की प्यानलको मतपत्र नमुनामा ९नाम, पद, फोटो० टाँसेर विधानको निर्ममतापूर्व हत्या गरियो । प्यानलमा सदस्य बढाउन आफै शुल्क तिरी दिने, वस रिजर्भ र सिंगै बंगुरको व्यवस्थाजस्ता घृणित र फोहोरी परिदृश्यहरु सार्वजानिक भएका छन । हाम्रा मान्छेहरु दुई चोक्टा फाक्सा, एक गिलास रक्सी र केही दश पाउण्डमा विक्रि भए । दुई उपाध्यक्ष उमेद्वारका मत बरावरी हुंदा गोलाप्रथा वा पुन निर्वाचन गर्ने सामन्य परम्परालाई तोडेर दुवैले बाँडीचुडी पद ग्रहण लिने घीनलाग्दो यही अधिवेशनमा देखियो ।

निर्वाचन सम्वन्धि नियमावली २०२० अनुसूचि १ निर्वाचन आचारसंहिता दफा ४ मा “प्यानल घोषणा गरी निर्वाचनमा भाग लिन पाइने छैन” भनिएको छ । यस्तै परिच्छेद ४, दफा ६। सदस्यहरुको अधिकार एवं कर्तव्य र सदस्यताको समाप्तिमा आचारसंहिता मान्नुपर्ने कर्तव्य र सोही परिच्छेदको उपदफा ६।६ः “विधानको धारा ६।२ बमोजिम आफ्नो कर्तव्यको पालना नगर्ने कुनै पनि सदस्यको ९साधारण, आजीवन, संरक्षक र मानार्थ० सदस्यतालाई किरात याक्थुङ चुम्लुङ यूकेले खारेज गर्न सक्नेछ ।

हाम्रो मान्छेलाई सरम लाग्ने दिन कहिले आउला रु नांगो रुपमा प्यानल बनाएर चुनाव लड्नेहरुले विधान उलङघन गरेका छन । यस्तो अवस्थामा उनीहरुको सदस्यतासमेत खारेज हुनुपर्ने विधानमा स्पस्ट छ ।

सल्लाहकार नै गुटवन्दीका मतियार
गुटगत नेतृत्वको चरित्रले चुम्लुङ फुट्दैन भन्न सकिन्न । ग्रेटर लण्डनको अवधारणा यस्तै गुटबाट जन्मेका अवैध सन्तान हुन र यसका मतियार सल्लाहकार थिए । सामन्य घटनाले देश, राजनीतिक दल, संघसंस्थादेखि बंशनै बिभाजन भएका प्रशस्तै उदाहरण छन । हाम्रो नजिककै किरात राई यायोक्खा चुल्हो राख्ने बिवादमा दुईवटा समनान्तर संस्थाहरु क्रियशिल छन ।

चरम गुटवन्दीमा फसेको केवाईसीमा विधि विधानको मर्म बिपरित निर्वाचित वर्तमान नेतृत्वले आफूलाई मत नदिने पक्षहरुको अस्तित्वनै स्वीकारेका छैनन । केन्द्रीय कार्यसमिति वैठक छलेर एउटा गुटले आफू खुशी विधान संसोधन प्रस्ताव मस्यौंदा गर्न जिम्मेवारी दिएको छ । केन्द्रीय कार्यसमितिका सदस्यलाई थाहा नपाई सुटुक्कै एक पक्षीय सल्लहाकार चयन गरेका हल्लाहरुपनि छन । विधानले विधान मस्यौदा समितिलाई चिन्दैन नत सल्लाहकार । त्येसैले पछिल्लो दशौं महाधिवेशनबाट आएका नेतृत्व त झन निकाम्मा ठहरिएका छन ।

सातौं अधिवेशनदेखि संस्थाको मतियारको काम आजीवन सल्लाहकारले निरन्तर गर्दै आएका छन । उनीहरुबाट आफ्नो पक्षका उमेदवार बनाउने, जुवाई, छोरी, सालो, भान्जालाई पुरस्कारको लागि खुलेर लविङ गर्ने घृणित काम निरन्तर दोहारीएका छन ।
परम्परागत तुम्याहाङ प्रणालीको रुप सल्लाहकार मानिन्छ । सल्लाहकार कार्यकारी पद होइन र एउटै व्यक्तिलाई पटक पटक दोहोर्याउन हुदैन । निश्चितरुपमा चुम्लुङका पूर्व अध्यक्ष वा समाजमा लामो काम गरेका व्यक्तिहरुसंग आम सदस्यहरु भन्दा धेरै अनुभव हुन्छनै । तर एउटै मान्छे पटक–पटक सोही पदमा वसेपछि व्यक्तिको महत्वकांछा बढ्दै जान्छ । संस्थाभित्र विस्तारै चलखेल सुरु भयो । अनुभवले गर्दा उसलाई संस्थाको सबै नालीबेली थाहा हुन्छ । र आफ्नो इच्छाअनुसार संस्थालाई नियन्त्रणमा लिन अनेक षडयन्त्र गर्न थाले ।

एक व्यक्ति एकपटक मात्र सल्लाहकार हुने र लिम्बूहरको उद्गमस्थल ताप्लेजुङ, पानथर, इलाम, थेह्थुम, धनकुटा र संखुवासभा, महिला, येवा फेदाङमा, सेवासावा एक समावेसी सल्लाहकार सबै क्षेत्र, लिंग र समुदायको समानुपातिक समावेसी र सहभागितामूलक प्रतिनिधित्व हुनेगरी व्यवस्था गरेमात्र चुम्लुङले सहि गति लिन सक्ने देखिन्छ ।

राष्ट्रिय महाधिवेशन कि गुटको भेला
केवाईसीको महाधिवेशनमा जोसुकै सदस्य सहभागिता हुने अहिलेको व्यवस्था पृथ्वीकै अव्यवहारिक, अव्यस्थित र अलोकतान्त्रिक छ । महाधिबेशनमा संस्थाको उन्नति प्रगतिका लागि नीतिगत छलफल हुनु पर्नेमा राजनीतिक दलजस्तो गुटवन्दी, चुनावमूखी र पैसाको खोलो बग्न थालेको आभास हुंदैछ । दशौं महासधवेशनमा संस्थाको नीतिगत बहस हुने पहिलो दिन १५० जतिमात्र प्रतिनिध उपस्थित थिए । दुर्भाग्य चुनाव हुने दिन लगभग १ हजार मान्छे भेला भए । दुई तीन हजारमा सम्पन्न हुने अधिवेशन कुनै आमुक गुटको स्वार्थमा संस्थाको १३००० पाउण्ड सकियिो ।


चुम्लुङको संस्थागत विकास र फुटबाट जोगाउन केन्द्रीय राष्ट्रिय महाधिवेशनको सहभागिता हुने ढाँचा पूरै परिवर्तन गर्नु अपरिहार्य छ । हाल कायम रहेको २०४० सदस्य सबै भेला हुने व्यवस्थालाई हटाएर १० सदस्य बरावर १ महाधिवेशन प्रतिनिधि हुन पर्छ । यस्तो व्यवस्थामा २०४० को २०४ र केन्द्रीय कार्यसमिति र सल्लाहकार जोड्दा लगभग २५० प्रतिनिहिरुले सिंगो यूकेवासी याक्थुङहरुको प्रतिनिधित्व गर्छ ।

शाखाबाट चुनिएका प्रतिनिधि मोडलको अधिवेशनमा समग्र चुम्लङको सहभागिता हुन्छ । संख्या घटेर कम खर्च हुने, भीड नहुने र गुटवन्दी कम हुंदै जानेछ । खुला प्रणालीमा कुनै जिल्लाबासी, राजनीति दल, धार्मिक सम्प्रदाय, केवाईसी यूके शाखा वा धेरै जनसंख्या भएका लिम्बूहरुको अहाङकार बढ्दै गयो भने अल्पमतमा पर्नेहरु बहिष्करणमा पर्ने निश्चित छ । अहिलेको नेतृत्वले यही चरित्र देखाउन थालि सकेका छन । जस्तो हाम्रो समुदाय धेरै बसोवास गर्ने आसफोर्डजस्ता एक दुई शाखाहरु मिलेर अन्य क्षेत्रमा नेतृत्व आउन नदिने सम्भावना पनि छ । सभा हलमा प्रतिनिधिहरुमात्र भेला हुंदा कम संख्या हुनाले निर्वाचन, खानपान र स्वास्थ्य सुरक्षालगायत अन्य व्यवस्थापनमा समस्या आउदैन । दशौं महाअधिवेशनमा टाढा टाढाकाट आएका अशक्त, बुढापाकाहरु ४ घण्टासम्म लाईनमा उभेर भोट खसाले ।

केवाईसी यूकेको दशौं चुनावमुखी राष्ट्रिय अधिवेशनले संस्थामा ठूलै सामाजिक र आर्थिक क्षति भयो । समाज पूरै बिभाजित छ । एकअर्कामा बिश्वास, भरोसा र सम्मान छैन । यसलाई सुधार्न खासगरी वर्तमान केन्द्रीय कार्यसमिति निर्वाचन प्रणालीलाई संसोधन नगरी सुखै छैन । यो प्रणाली बारेमा पहिलेपनि वहस भएको थियो । केही कुरा नबुझ्ने सदस्यहरुले चुम्लुङ तिमारको राजनीति पार्टी होइन भनेर उडाए र अन्तमा उनीहरुनै प्यानल बनाएर समाज विगार्न लागेका छन ।

महिला विरोधी नीति
नेतृत्वका मानसिकता महलिा विरोधी छन । महिलाको सुरक्षित उपाध्यक्ष पद एकदुई जनाको सनकमा हटाईयो । अझ चित्त नबुझि यही समूहले महिलाहरुको लागि भन्दैे निर्मााण गरेको फरुक संस्था निकाम्मा भएपछि चुम्लुङको अधिकारिक थामेन्दिङ चुम्लुङ पनि फ्याक्न लागेका छन । किनकि उनिहरु राम्रो काम गरेको देख्न सक्तैनन । कारण थामेन्दिङ माले दुई दशक यूके चुम्लुङले नगरेका ऐतिहासिक काम गरेको थियो ।

अहिले चुम्लुङमा महिलाको प्रनिधित्व लाजमर्दो छ । महिला शसक्तिकरणको लागि उपाध्यक्ष, सचिव, सहकोषाध्यजस्ता पदहरु संरक्षण गर्न जरुरी छ । हरेक शाखाबाट १ जना महिला र १ जना पुरुष केन्द्रीय कार्यसमितिमा चयन गर्ने व्यवस्थाले महिलाको प्रतिनिधित्व ४० प्रतिशतको हाराहारीमा आउछ ।