May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेकाे महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसमा साक्षात्कार कार्यक्रम राख्दै

एनआरएनए यूकेकाे महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसमा साक्षात्कार कार्यक्रम राख्दै

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर साक्षात्कार कार्यक्रम एवम् विचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । महिला सशक्तिकरण लगायत विभिन्न विषयहरूमा विषय विज्ञको सहभागितामा उक्त कार्यक्रम गर्न लागेको हो ।

यहीँ आउँदो शनिबार मार्च ५ तारिख शनिबारका दिन अल्डरसटस्थित एनआरएनए यूकेको कार्यालयमा विभिन्न क्षेत्रका विज्ञहरू अतिथि वक्ता रहने गरी साक्षात्कार एवम् विचार गोष्ठी आयोजना गर्न लागिरहेको महिला विभाग प्रमुख विमला लिम्बुले जनाइन् । १११ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर आयोजना हुने सो गाष्ठीमा करिब सात वक्ताहरूले महिला सशक्तिरकरण, घरेलु हिंसा, मानसिक स्वास्थ्य, न्यायिक अधिकार, पहँुच र अवसर लगायतका विषयमा आफ्नो धारणाहरू राख्ने उनले बताइन् । सन् १९११ देखि प्रत्येक वर्षको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । यस दिन महिलाको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक उपलब्धीको स्मरण गर्न संसारभार कार्यक्रमहरू आयोजना गरिन्छन् । यस वर्ष मंगलबार परेको दिवसको मूल नारा ‘ब्रेक दि बायस(पूर्वाग्रह भत्काऔँ)’ रहेको छ ।

Advertisement

नेपाली दूतावासबाट प्रथम सचिव रोशन खनाल समेत सहभागी रहने कार्यक्रममा प्राध्यापक एवम् मनोविश्लेषक डा. सुमित्रा राई, चिकित्सा क्षेत्रबाट डा. सागर पौडेल र डा. जित तामाङ, महिला मानवाधिकारकर्मी परिना सुब्बा लिम्बु, रजिष्टर्ड समााजिक कार्यकर्ता लक्ष्मी राई(लारा), एनएएनकी अध्यक्ष सुनिता गौतम र सञ्चारकर्मी एवम् उद्यमी संगीता मरहट्टा वक्ता रहनेछन् । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर समेत उपस्थित रहने विभागले जनाएको छ । कार्यक्रममा बेलायतमा रहेका सामाजिक, राजनीतिक, जातीय, साँस्कृतिक संघसंस्थाका मूल नेतृत्वहरूसँगै स्वतन्त्र रूपमा सामाजिक परिवर्तनमा सक्रिय रहेका अभियन्ताहरू समेत जोडिने छन् ।