April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार महासंघ, प्रेस युनियन लगायत यूकेका चौध संस्थाहरुद्धारा राजदूत आचार्यसंग अन्तरकृया

पत्रकार महासंघ, प्रेस युनियन लगायत यूकेका चौध संस्थाहरुद्धारा राजदूत आचार्यसंग अन्तरकृया

लण्डन । बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा सम्वद्द संस्थाहरुले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग अन्तरक्रिया तथा स्वागत कार्यक्रम गरेका छन् । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके, नेपाल प्रेस युनियन यूके र गैरआवासीय नेपाली पत्रकार महासंघ तथा चौध वटा संचार गृहहरुले संयुक्त रुपमा राजद्रत आचार्यलाई स्वागत गर्दै अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रमको अवसरमा राजदुत राजदूत आचार्यले कोरोना महामारीपछि बेलायत–नेपालको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास ब्यक्त गर्दै नेपाल सरकारले भूतपूर्व गोर्खाका समान अधिकारका बिषयमा नेपाल सरकारको प्रतिनिधिको रुपमा वार्ताको तयारी प्रारम्भ भैसकेको बताए। बेलायतसंग ब्यापार, पर्यटन , कला संस्कृति लगायतका बिबिध बिषयमा आफ्नो कार्यकालमा ठोस र उपलब्धिमुलक कार्य गरिने प्रतिबद्धता समेत ब्यक्त गरे।  राजदुतावास सूचना र समाचार सम्प्रेषण समान ढंगले वितरण गरिने जनाउदै पत्रकारहरुसंग दुतावासले सहकार्य गर्ने बताए।

Advertisement

Advertisement

275231165_1143614139803039_7687631631365244407_n.jpeg

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा आइतबार राजदुतावास लण्डनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।  उक्त अवसरमा अध्यक्ष निरौलाले दुताबाससंग पत्रकारहरु सहकार्य गर्न तयार रहेको बताउदै एउटा सूचना केन्द्र र पुस्तकालय स्थापना गर्न आग्रह गरेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रमा वरिष्ठ पत्रकारहरु सुमन खरेल, बालमुकुन्द जोशी, गोविन्द बेलवासेलगायतले बेलायतमा नेपाली पत्रकारिताको विगतको अनुभव र भविष्यको चनौतीका बारेमा चर्चा गरेका थिए ।  

275218282_436021101612145_8479863917378586647_n.jpeg

कार्यक्रममा लण्डन नेपाल न्युज डटकमको निर्देशक राजकुमार त्रिपाठीले बेलायतमा अनलाईन मिडियाका समस्याका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाली चलचित्र पत्रकारिताका बारेमा वरिष्ठ संचारकर्मी मनिष श्रेष्ठ र महिला अधिकारकर्मी संगीता मरहठ्ठाले संचारमा महिलाको भुमिका बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष संजयभक्त कंडेलले संचालन गरेको कार्यक्रममा संघका  वरिष्ठ सदस्य खुशी लिम्बुले स्वागत मन्तव्य दिएका थिए भने सल्लाहकार डा. जगन कार्कीले समेत पत्रकारिताका चुनौती र गर्नुपर्ने कार्यहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

बेलायतबाट नेपाली  र अंग्रेजी भाषामा संचालनमा रहेका अनलाईन पोर्टलका सम्पादक, रिपोर्टर र संचालकहरु कार्यक्रममा उपस्थित थिए । उक्त कार्यक्रममा ब्रिटिशखवर डटकम, नेपाल मामिला  डटकम, डायस्पोरानेपाल  डटकम, दपर्ण संसार  डटकम, नेपाल संसार डटकम, ग्लोवल नेप्लिज  डटकम, ग्लोवल दैनिक  डटकम, ग्लोवल नेपाली पत्र  डटकम, साउथ एसिया डट  कम ,शितलपाटी न्युज  डटकम, सिलौटी टाइम्स  डटकम र लण्डन काठमाडौं  डटकमलगायतका मिडियाहरु सहआयोजका रुपमा रहेका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडियोः

https://www.facebook.com/821440431555859/videos/499769908406280