May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि उपस्थित थिए ।

करिव दुई घण्टा लामो भएको भेटवार्तामा एनआरएनए आइसीसीको कुल अचार्य समूहका युरोप क्षेत्रीय उपसंयोजक ललित न्यौपाने, एनएनएनए यूकेको इङल्याण्ड राज्य परिषदका अध्यक्ष एलवीजेड गुरुङ, सहसचिव अञ्जू कुँवर र एनआरएनए यूकेको स्वास्थ्य विभाग संयोजक डा. विशाल गुरुङको उपस्थित थियो ।

Advertisement

“मात्रृभूमिको विकासका लागि नेपालमा सुरक्षित, छिट्टो, सुलभ र आरामदायी सेवाहरु उपलब्ध गर्न गराउन गैर-आवासीय नेपालीहरुमा निहित ज्ञान, सीप, वित्तीय सामर्थ्यको उचित प्रयोग र ब्यवस्थापनका लागि महामहिम राजदूतसंग हाम्रो वार्ता भयो”, उपाध्यक्ष सेनले बताए ।

पूर्व गोर्खाली सैनिक समेत रहेका एनआरएनए उपाध्यक्ष सेनले भेटमा राजदूत आचार्यलाई गोर्खा सैनिकहरुको समानता सवालमा नेपाल सरकारको तर्फबाट भइरहेको प्रयत्न र बाँकी रहेका मुद्दहरुहरुलाई निरन्तरता दिन पनि अनुरोध गरे । यस विषयलाई राजदूत आचार्यले चाँडै निष्कर्समा पुर्याउने विस्वास दिलाए ।

एनआरएनए आइसीसीको तर्फबाट उपाध्यक्ष सेन लगायत एनआरएनए इङल्याण्डका पदाधिकारीहरुबीच भएको भेटवार्तामा नेपाली नागरिकताको निरन्तरताका कुरा, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाईसेवा सञ्चालन र लगानीका संभावनाहरुको बारेमा पनि कुराकानी भएको थियो । यस बारेमा राजदूत आचार्य सकरात्मक रहेको एनआरएनए उपाध्यक्ष थर्क सेनले बताए ।