April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

आसफाेर्ड । सगरमाथा नेपाली समाज आसफाेर्ड केन्टले विक्रम संवतअन्तर्गतको नयाँ वर्ष भव्यतापूर्वक मनाएकाे छ । गत शनिबार एक साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाएको हाे ।

समाजका अध्यक्ष कप्रसाद छन्त्यालकाे सभापतित्वमा भएको कार्यक्रम सचिव जनक राईले सञ्चालन गरेका थिए । उपाध्यक्ष चिरन राईले संयाेजन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले स्वागत मन्तव्य दिएका थिए ।

Advertisement

समाजका पदाधिकारी, सदस्यहरू, महिला र युवा समितिका प्रमुख एवम् पदाधिकारीहरू पनि सामेल भएको कार्यक्रममा पीपीसीका संयाेजक नरेन्द्र माबाेहाङ लिम्बुले महत्त्वकाङ्क्षी परियोजनाका रूपमा रहेको घरजग्गा खरिद कार्यक्रमबारे अद्यावधिक गराएका थिए । उनले विभिन्न ३७९ दाताहरूबाट साढे दुई लाख पाउन्ड बराबरको रकमकाे कबाेल भएको बताए । जसमध्ये हालसम्म १२८ जनाबाट करिब १ लाख १४ हजार पाउन्ड रकम उठिसकेकाे विवरण सुनाए । नेपालीहरूकाे घरजग्गा र भवनका लागि आसफाेर्ड बाेराे काउन्सिलले समेत उचित सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

त्यसैगरी, कार्यक्रमकाे दाेस्राे चरणमा साँस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएको थियाे । साँस्कृतिक सचिव थिर थापा मगरले संयाेजन गरेको कार्यक्रममा मोहन लिम्बु,लिला गोम्देन, कृष्ण राई, पूर्णिमा राई, शोभराज गुरुङ, शलोनी राई, पुष्पा योञ्जन र कल्पना राईहरूले गीत प्रस्तुत गरेका थिए । यसैगरी, नृत्य देखाउनेमा याङ्जी शेर्पा र प्रिया पुन थिए । सेन्ट साइमन चर्चमा भएको साँस्कृतिक कार्यक्रम गायक गंगाराज राईले सञ्चालन गरेका थिए । कार्यक्रमकाे सुरुवातमा सबै कलाकारहरूले स्वागत गान प्रस्तुत गरेका थिए ।

समाजकाे आगामी साधारणसभा यहीँ मे ७ मा पेरिस हलमा सम्पन्न हने सचिव राईले बताए ।

तस्वीर स्राेत : डम्मर सिङ्गक ।