April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

काठमाण्डौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले विभिन्न देशका एनआरएनए नेताहरुसँग एक अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा गत १२ मे (२९ बैशाख २०७९) मा भएको जुम भर्चुअल अन्तरक्रिया कार्यक्रममा विश्वका ३० भन्दा बढी देशहरुबाट १३० जना एनआरएनए अभियन्ताहरुको सहभागिता रहेको थियो ।

“सहकार्य र समन्वयका लागि” भनी गरिएको एनसीसीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई एनआरएनएका संरक्षक तथा पूर्व अध्यक्षहरु डा. शेष घले र देवमान हिराचन दुवैले सम्बोधन गरेका थिए ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले “हतास मनस्थितिले रातारात संघको विधानको धारा २९ को प्रावधान समेत पालना नगरी राजनैतिक भागवण्डाको आधारमा महाधिवेशन गरेको” भन्दै उक्त महाधिवेशनबाट बनेको तीन अध्यक्षसहितको जम्वो कार्यसमिति कुनै हालतमा पनि आधिकारिक हुन नसक्ने दाबी गरे ।

उनीहरुले हाल कुल आचार्य नेतृत्वको समिति राजनैतिक हस्तक्षेपमार्फत नियुक्त भएका पदलुप्त पदाधिकारीहरुको झुण्ड भएको जिकिर गर्दै विश्वभर रहेका ६० लाख गैर–आवासीय नेपालीहरुलाई धोका दिएको अभिव्यक्ति दिए ।

एनआरएनएको विनोद कुँवर नेतृत्वको आइसीसीले विभिन्न देशका एनआरएनए नेताहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागि भएका एनआरएनए अभियन्ताहरु ।

कार्यक्रममा सहभागीहरुले अध्यक्ष कुँवरलाई आफ्नो गतिविधि निर्वाध रुपमा अधि बढाउन सुझाव दिंए । उनीहरुले कुनै पनि संस्थामा कार्यक्रमको उद्घाटन र समापन कसले गर्यो भन्ने कुराले विधि–विधानविपरीत गएको संस्थाको वैधानिकता सावित गर्न नसक्ने तर्क प्रस्तुत गरे ।

कार्यक्रममा सहभागीहरुले अवैध रुपले ललितपूरमा सम्पन्न भएको १०औं महाधिवेशनबाट राजनैतिक भागवण्डाको आधारमा मनोनित भएका प्रवक्ताद्वयले संघको लेटर हेड र छापको प्रयोग सम्बन्धमा निकालेको वक्तव्य भ्रामक भएको भन्दै लेटर हेड र छाप मात्र नभएर संघको भवन र बैंक खाता समेत आफ्नो अधिनमा फिर्ता ल्याउने प्रतिवद्दता व्यक्त गरे ।

संघका निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचनले संघको निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेलाई संघको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयले गैर–आवासीय नेपाली ऐनको धारा १६.२ र संघको विधान २००३ (२०२१ को संशोधन सहित) को धारा १६.१.४ र आइसीसी तथा एनसीसीहरुले समेत २०१९–२१ को कुमार पन्त नेतृत्वको कार्यसमितिले निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न नसकेकोले निर्वाचन गर्न अधिकार दिएको र सोही अधिकारको प्रयोग गरी आयोजना गरिएको १०औं काठमाडौं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै अधिकारिक भएको बताए ।

कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष विनोद कुँवरले एनसीसी एक स्वतन्त्र निकाय भएकोले कसैको उक्साहट, डर र धम्कीलाई वास्ता नगरी स्वातन्त्र र सही निर्णय लिन सुझाव दिँदै गैर–आवासीय नेपालीहरुलाई हालको परिस्थितिबाट विचलित नभई उनको कार्यसमितिलाई सहयोग र साथ दिन अनुरोध गरे ।

संघद्धारा प्रेस वक्तव्य जारी

एनसीसीहरुसँगको अन्तरकृया कार्यक्रम समापन भएको केही दिनमै संघले एक प्रेस वक्तव्य जारी गरेको छ । प्रवक्ता प्रकाश धमलाद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा अन्तरक्रिया कार्यक्रममा व्यक्त भएका विचारहरु समेटिएका छन् । वक्तव्यमा भनिएको छ, “अवैध तरिकाले ललितपूरमा भएको महाधिवेशनबाट पदाधिकारी नियुक्त भएकाहरुलाई हामीसित हातेमालो गरी अघि बढ्न अनुरोध गर्दछौं । काठमाडौं महाधिवेशनद्धारा निर्वाचित यो वर्तमान कार्यसमितिले समय र परिस्थिति अनुसार कार्यविधि र नियमावली तय गर्दै एनसीसी र आइसीसीबीच आपसी साझेदारीमा काम गर्ने योजना बनाएको छ । एनसीसी दर्ता भएको देशको कानून अनुसार गैर–आवासीय नेपाली संघको उदेश्यमुताविक रहेर गैर–आवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न र नेपाल सरकारसँग सहकार्य गर्दै अरु थुप्रै काम गर्नको लागि एनसीसी र आइसीसीबीचको साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साझेदारी, समन्वय र सहकार्यको लागि राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गर्दछौं ।“

प्रकाशित प्रेस वक्तव्य जस्तको तस्तैः