March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

सुनसरी । स्थानीय तह निर्वाचनमा सुनसरी संसदीय क्षेत्र नम्बर–४ अन्तर्गतका चार पालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकासँगै कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको हो ।

Advertisement

यस निर्वाचन क्षेत्रअन्तर्गतका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् ।

काङ्ग्रेस नेता ज्ञानेन्द्र कार्की ।

नेपाली कांग्रेसले जीत हासिल गरेको हरिनगर गाउँपालिका र कोसी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरू दोहोरिएका छन् ।

कोशी गाउँपालिकाको अध्यक्षमा एेयुव अन्सारी र उपाध्यक्षमा अनितादेवी यादव दोस्रो कार्यकालका लागि कांग्रेसबाटै पुनः निर्वाचित भएका छन् ।

त्यसैगरी, हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिमकुमारी भगत दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् ।

भोक्राहानगरसिंह गाउँपालिकामा नेपाली कांग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनितादेवी उराँव उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी, बराहक्षेत्र नगरपालिकामा निवर्तमान नगरप्रमुख रहेका नेकपा एमालेका उम्मेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित भएका छन् ।

हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले कांग्रेसले हरिनगर मात्र नभई पूरै सुनसरी क्षेत्र नम्बर ४ नै ‘क्लिन स्विप’ गरेको उल्लेख गरेका छन् ।

उनले जनतालाई प्राथमिकतामा राखेर काम गरेर आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसका बराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेवती दुलालले पार्टी यस पटक सङ्गठन सुदृढीकरणका साथै स्थानीय स्तरमा विकास निर्माण तथा जनचाहना अनुरूपका कामलाई प्राथकिमता दिएका कारण विगतदेखि पराजित हुँदै आएको बराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको बताए ।

उनले अहिले क्षेत्र नम्बर ४ मा रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूले स्थानीय सरकारका अतिरिक्त प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर जनचाहना र स्थानीय स्तरमा आवश्यक विकासका कामलाई प्राथकिमता दिने विश्वाससमेत व्यक्त गरेका छन्।