March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ ।

गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली संघको दशौं अन्तराष्ट्रिय अधिवेशन छ महिना पछि सारिएको थियो । त्यो समयावधिमा पनि अधिवेशन हुन असम्भव देखिए पछि एनआरएनका पूर्व अध्यक्ष तथा अभियन्ता शेष घलेलाई खोला तर्ने पुल बन्न प्रयोग गरिएकाे नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले आराेप लगाएका छन् । उनले भनेका छन्, ‘घलेले आफ्नो जिम्मेवारी इमान्दारिता पूर्वक पुरा गर्न लागेको देखेर आफ्नो स्वार्थ पुरा नहुने थाहा पाएपछि एक आदिवासीको यस्तो सफल अवतरण स्वीकार गर्न नसक्नेहरुले अर्को अधिबेशन गरेर पद र शक्तिका लागि जे पनि गर्न सक्ने प्रवृत्ति देखाएका छन् ।’

Advertisement

नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा ।

‘एनआरएनए यूकेमा अधिकांश पंजीकृत सदस्यहरु आदिवासी मुलका छन् । यहाँका सदस्यहरुको शुल्क र मतको दुरुपयोग नहोस भन्न पंजीकृत सदस्यहरुको भेला गरिनुपर्छ,’ अध्यक्ष शेर्पाले एनआरएन युकेलाई अनुराेध गर्दै भने । शेर्पाले एनआरएन युकेलाई साम्प्रदायिकताको नाममा सदस्यहरुलाई भेदभाव नगर्न पनि भनेका छन्।