April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे ।

फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि गाेरखा दाैड आयाेजना गरे पनि काेराेना महामारीका कारण तीन वर्षपछि कार्यक्रम हुन लागेको फाउन्डेसनका अध्यक्ष भीम तुम्बाहाङ्फेले बताए । ‘सन् २०१९ पछि हामी फेरि भेला भएर गाेरखा वक् गर्दैछाैँ । समुदायलाई जनस्वास्थ्यबारे चेतना जगाउन, स्थानीय समुदायसँग घुलमिल गराउन र कल्याणकारी कामका लागि सहयोग सङ्कलन गर्न गाेरखा वक् आयाेजना गर्न लागेका हा‌ैँ,’ तुम्बाहाङ्फेले भने । उनले कार्यक्रमका दिन कन्जर्भेटिभ पार्टीका नेता एवम् पूर्वमन्त्री डेमियन ग्रीन लगायत राजनीतिज्ञहरू आएर अवलोकन गर्ने समेत बताए ।

Advertisement

फाइल तस्वीर : गाेरखा वकमा सहभागी हुँदै ।

केन्टकाे आसफाेर्डस्थित ग्रेट चार्टकाे खेल मैदानमा बिहान ११ बजेबाट दाैड सुरु हुनेछ । अनलाइन र भाैतिक दुवै रूपमा नाम दर्ता भइरहेको फाउन्डेसनकी विपीन लिम्बुले बताइन् । उनले इभेन्ट हुने दिन समेत बिहान ९ बजेबाट नाम दर्ता गर्न सकिने बताइन् । दाैडका लागि १५ पाउन्ड दस्तुर ताेकिएकाे छ । दाैडकाे दूरी जम्मा १३ किलोमिटर रहेको छ । असहाय, ज्येष्ठ नागरिक र पूरा काेर्स पूरा गर्न नसक्नेहरूका लागि साढे ६ किलोमिटरकाे वैकल्पिक रुट पनि राखिएको फाउन्डेसनकी सदस्य शान्ता गाैचनले भनिन् ।

दाैडमा सहभागी हुन नाम दर्ता गर्दै एक सहभागी ।

विजेताहरूमध्ये महिला र पुरुषकाे बेग्लाबेग्लै समूहका पहिलो, दाेस्राे र तेस्रोले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, सहभागी भएर दा‌ैड पूरा गर्ने सबैले प्राेत्साहनस्वरूप मेडल प्राप्त गर्नेछन् । गाेरखा वक् एक दशकदेखि नियमित रूपमा आयाेजना हुँदै आएको छ ।

फाउन्डेसनका अध्यक्ष भीम तुम्बाहाङ्फे ।

१२ वर्षअघि स्थापना भएको फाउन्डेसनले नेपालमा विद्यालय निर्माण गर्ने, गरिब निमुखाहरूका लागि आवास बनाइदिने, प्राविधिक सामग्रीहरू उपलब्ध गराउने लगायतका कामहरू पनि गर्दै आइरहेको छ । महाभूकम्प, बाढी पहिराे लगायतका प्राकृतिक प्रकाेपकाे काेपभाजनमा परेकाहरूका लागि हाेस् या दीर्घराेगले ग्रस्त राेगीहरूकाे उपचारका लागि हाेस् । फाउन्डेसनले सकेसम्म लाेककल्याणकारी कामहरूलाई बढावा दिइरहेको छ । सन् २००९ मा गाेरखा सैनिक र आश्रित परिवारहरूले बेलायतमा बसाेबासका लागि आवासीय भिषा प्राप्त गरेपछि फाउन्डेसनकाे आवश्यकता महसुस गरिएकाे थियो । खासगरी, दुई फरक पृष्ठभूमिका नागरिकहरूकाे सामाजिक अन्तर्घुलनका संस्था स्थापना भएको थियोे ।